Wednesday, February 22, 2017

क्यान्सरदेखि हेपटाइटिससम्म सफल जडीबुटी उपचार


जडीबुटी उपचारका नाममा अहिले धेरै विकृति छन् । विज्ञापन दिएर हल्काफुल्का उपचारका लागि पैसा असुल्ने गरेका देखेकाले आफूले कहिल्यै यस्तो विज्ञापन नगर्ने गरेको उहाँ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ–‘‘उपचारमा आएका बिरामीकै एक अर्काको सम्पर्कबाट मसँग बिरामी आउने गरेका छन् ।’’

हामीले हाम्रा अमूल्य जडीबुटी चिनेर पनि सदुपयोग गर्न नसक्दा हामी रोगी भएका मात्र छैनौँ कि हाम्रो यो अमूल्य सम्पदा गुन्दु्रकको भाउमा बाहिरिएको छ । तर हामी तिनै जडीबुटीबाट बनेका औषधि महँगोमा सेवन गर्न बाध्य भएका छौँ, उहाँ भन्नुहुन्छ । यी सम्पदाको सदुपयोगका लागि सरकारसँग विशेष योजना चाहिने उहाँको धारणा छ ।

नेपालका जडीबुटीले निको नहुने कुनै रोग छैन तर त्यतातिर हामीले हाम्रो अनुसन्धानलाई केन्द्रित गर्न नसक्नु दुःखद् रहेको उहाँको भनाइ छ । रासस


Write Comment Below:

No comments:

Post a Comment