Thursday, February 23, 2017

यी हुन् अमेरिकामा देश निकालाको सूचीमा रहेका १५२० नेपाली



 कागजात नभएका गैरकानूनी अप्रवासीलाई देश निकाला गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नयाँ नीति सार्वजनिक भएसँगै पन्ध्र सय भन्दा बढी नेपाली निशानामा परेका छन् । उनीहरु अमेरिकाको अध्यागमन अदालतबाट मुद्दा हारिसकेर इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसको सूचीमा देशनिकालाका लागि सूचीकृत भइसकेकाहरु हुन् ।

सन् २००० देखि सन् २०१७ सम्मको अवधिमा आइसको सुचीमा सुचीकृत उनीहरुले टीपीएस लगायतका सुविधा लिएको भएपनि उनीहरु आइसको निशानामा छन् । उनीहरुमध्ये प्राय अदालतबाट देशनिकालाको आदेश पाइसकेका तर अमेरिका नछाडेकाहरु हुन् । अदालतबाट देशनिकालाको आदेश पाइसकेपछि पनि यसअघि आपराधिक रेकर्ड नभएकाहरुलाई देशनिकाला गर्ने कामलाई प्राथमिकता नदिइएका कारण उनीहरु देशनिकाला हुनबाट बचेकाहरु हुन् ।

डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी, एक्ज्युकेटिभ अफिस फर इमिग्र्रेशन रिभ्यु, इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइस र युएससीआईएसबाट प्राप्त तथ्यांक अनुशार सन् २०१७ मा यस्तो आदेश पाइसकेका नेपालीहरुको संख्या अहिलेसम्म २३ रहेको छ । जसमध्ये २० जनाले देशनिकालाको आदेश पाएका छन् भने ३ जनाले आफै स्वेच्छिक रुपमा अमेरिका छाड्न अनुमति पाएका छन् ।

सन् २०१६ मा अदालतबाट डिपोर्टको आदेश पाइसकेका नेपालीहरु १ सय ७ जना रहेको र १४ जनाले अदालतबाटै स्वेच्छिक रुपमा देश छाड्ने स्वीकृति पाएका थिए । तर आइसको रेकर्ड अनुशार जम्मा २५ जना नेपालीहरु वास्तविक रुपमा देशनिकाला भएका छन् । यसरी हेर्दा ९६ जना नेपालीहरु सन् २०१६ मा देशनिकालाको आदेश पाइसकेपछि पनि अमेरिकाभित्र नै छन् । उनीहरु नै आइसको डिपोर्टेवल सुचीमा रहेका नेपालीहरु हुन् । र , आइसका एजेण्टहरु छापामार्दै उनीहरुका ठेगानाहरुमा पुग्नसक्ने सम्भावना रहन्छ ।

सन् २०१५ मा अदालतबाट देशनिकालाको आदेश पाउने नेपालीहरु १२८ जना थिए भने अदालतबाटै स्वेच्छिकरुपमा अमेरिका छाड्न आदेश पाउनेहरु १२ जना रहेका थिए । तर रिपोर्ट अनुशार ६ जना अपराध प्रमाणित भएका र १४ जना अपराध नगरेकासहित २० जना इमिग्रेशनको डिपोर्टमा परे भने ३९ जना अमेरिकाबाट फिर्ता भए । यसरी हेर्दा ८१ जना नेपालीहरुले सन् २०१५ मा अमेरिकाबाट डिपोर्टको आदेश पाइसकेपछि पनि अमेरिका छाडेनन् । उनीहरु अब आइसको निशानामा छन् ।

श्रोत –खसोखास साप्ताहिक

एउटा खुट्टा अर्को खुट्टामा खप्टिएर बस्नुका बेफाइदाहरु

एजेन्सी– हामीमध्ये प्रायः कुर्सीमा बस्दा एउटा खुट्टा अर्को खुट्टामा खप्टिएर बस्ने गर्छौं। तर, लामो समयसम्म यो आशनमा बस्नु स्वास्थ्यका दृष्टिकोणले राम्रो नभएको एक अध्ययनले देखाएको छ।


यसरी बस्दा शरीर स्वभाविक अवस्थमा नरहने भएकाले स्वास्थ्यमा समस्या देखिन सक्ने बताइएको छ। खुट्टा खप्टिएर बस्ने बानी भएकाहरुलाई छोटो–छोटो समयमै बसाइको तरिका परिवर्तन गर्न विज्ञहरु सुझाउँछन्। लामो समयसम्म खुट्टा खप्टाएर बस्दा आउनसक्ने पाँच समस्या यस्ता छन्ः


१. शरीर अस्वभाविक आकारमा रहने भएकाले लामो समय खुट्टा क्रस बनाएर बस्दा ढाड दुख्छ।

२. यो आसनमा बस्दा शरीरको नशामा बढी दबाब पर्छ। यस्तो अवस्थामा रगत मुटुतर्फ नगएर खुट्टातर्फ जाने गर्छ, जसका कारण मुटुमा असर पुग्न सक्छ।

३. लामो समय एउटा खुट्टा अर्को खुट्टामाथि राख्दा गुप्ताङ्गको हड्डी दुख्छ र गुप्ताङ्गमा पनि समस्या आउन सक्छ।

४. धेरै बेरसम्म खुट्टा खप्ट्याउँदा स्पाइनल कर्डमा दुखाइ बढ्न सक्छ।

५. यो पोजिसनमा लामो समय बस्दा नशामा दबाब बढ्ने भएकाले नशा खिइने सम्भावना पनि हुन्छ। स्रोत : स्वास्थ्य खबर पत्रिका

कुवेतमा ५ नेपालीलाई मृत्युदण्डको सजाय यो खबर ने सरकार सम्म पुगोस् सेयर गर्दैजानुहोला



कुवेतमा ५ जना नेपालीलाई मृत्युदण्डको सजाय सुनाइएको छ। लागूऔषध कारोबार गरेको आरोपमा पक्राउ परेका चितवनका जीवन रानाभाट, काठमाडौंका लाक्पा शेर्पा, कास्कीका पदमबहादुर गुरुङ, बाँकेका तारामान केसी र निमा शेर्पालाई त्यहाँको तल्लो अदालतले हालै मृत्युदण्डको सजाय सुनाएको हो।

उनीहरू सुलेबियास्थित केन्द्रीय कारागारमा छन्। कुवेतस्थित नेपाली दूतावासका अनुसार सिन्धुपाल्चोकका सजन कार्कीलाई भने अदालतले आजीवन कराबास सजाय तोकेको छ। आफू निर्दोष रहेको भन्दै पुनरावेदन गरेका कार्कीलाई उच्च अदालतले आजीवन कारावासको सजाय सुनाएको हो। रानाभाट दुई वर्षअघि पक्राउ परेका थिए भने अन्यलाई एक वर्षअघि पक्राउ गरेर लागूऔषध कारोबारको मुद्दा चलाइएको थियो।  

कुवेतस्थित नेपाली दूतावासले नेपाल सरकारलाई मृत्युदण्डको सजायबारे जानकारी गराएको छ। कुवेत सरकारले सजायसम्बन्धी विवरण हालै नेपाली दूतावासलाई बुझाएको थियो। तल्लो अदालतको यो सजायविरुद्ध उनीहरूले पुनरावेदन र उच्च अदालतसम्म जान पाउने व्यवस्था रहेको दूतावासले जनाएको छ। दूतावासका अनुसार रानाभाटले वकिल राखेर प्रतिरक्षा गर्ने तयारी गरेका छन्। ‘उनीहरूको अवस्था बुझ्न दूतावासबाट निरन्तर जेल भ्रमण भइरहेको छ,’ कुवेतका लागि नेपाली राजदूत यज्ञबहादुर हमालले भने, ‘हामी कानुनी सहायताका साथै आवश्यक कागजात तयार परेर कन्सुलर सेवा दिइरहेका छौं।’

मृत्युदण्डको सजाय सुनाइएका केही नेपालीले अभियोग स्वीकार गरेको र केहीले भने आफूलाई फसाइएको बयान दिएको दूतावासले जनाएको छ। प्रहरीले उनीहरूलाई अलग–अलग स्थानबाट पक्राउ गरेको थियो। कुवेतमा लागूऔषध सेवन र कारोबारलाई संगीन अपराधको रूपमा लिइन्छ। लागूऔषध कारोबार गरेको पुष्टि भएको भन्दै केही महिनाअघि पनि दुई कुवेतीसहित दुई बंगलादेशी, दुई इजिप्सियन र एक फिलिपिनोलाई फाँसी दिइएको थियो।

हाल कुवेतको जेलमा ९ महिलासहित ६१ नेपाली छन्। यीमध्ये करिब ७५ प्रतिशत लागूऔषध कारोबार तथा बेचबिखन मुद्दामा पक्राउ परेका हुन्। उनीहरूविरुद्ध त्यहाँको अदालतमा मुद्दा चलिरहेको छ। पक्राउ परेकामा प्रायस् गैरकानुनी हैसियतमा बस्दै आएका नेपाली छन्। पक्राउ परेकामध्ये अधिकांशले आफूलाई थाहा नदिई ‘हल्कारा’का रूपमा प्रयोग गरेर फसाइएको दूतावासबाट भेट्न गएका अधिकारीहरूलाई बताएका छन्।
आजीवन काराबासको सजाय पाएका कार्कीका आफन्तका अनुसार दुई जना लागूऔषध सेवनकर्तासँग होटलमा खाना खाइरहेका बेला उनी पक्राउ परेका थिए। लागूऔषध सेवनकर्ताले निर्दोष छ भन्दासमेत सजनलाई नछोडिएको ती आफन्तले बताए।
 news अन्य स्रोत बाट

महिनावारीबारे जान्नै पर्ने १० कुरा



सबै महिला महिनावारीबाट गुज्रनुपर्छ । तर, सार्वजनिक रुपमा यसबारे चर्चा गर्न महिलाहरु हिच्किचाउँछन् । यसबारे महिलामा धेरै खालका भ्रम पनि विद्यमान छन् । तर, यो एउटा शारीरिक जैविक प्रक्रिया हो भन्नेबारेमा सबै स्पष्ट हुनुपर्छ । यसमा अन्धविश्वासको कुनै लेनदेन छैन । तर, महिनावारीबारे पूरै वैज्ञानिक जानकारी लिनु भने आवश्यक छ ।

१. महिनावारी प्रत्येक २८ दिनमा हुनपर्छ ।
तथ्य – महिनावारीको चक्र हरेक महिलामा फरक तरिकाले निर्भर गर्न सक्छ । महिनावारीको चक्र २० दिनदेखि लिएर ३५ दिनबीच दोहोरिन सक्छ । महिनावारी हुने समय केही ढिला भयो भने गर्भवती भइयो भनेर डराउँनु पर्दैन ।




२. महिनावारीको समयमा सेक्स गर्नुहुँदैंन ।
तथ्य – अधिकांश मानिस महिनावारीको समयमा पार्टनरसंग सेक्स गर्न मन पराउँदैंनन् । तर, यस्तो बेला सेक्स गर्दा ज्यान दुखेको निको हुन्छ । अनुसन्धानअनुसार महिनावारीको समयमा सेक्स गर्दा पीडामा कमी आउँछ ।

३. महिनावारीको समयमा गर्भधारण गर्न सम्भव हुँदैंन ।
तथ्य – यो धारणा गलत हो । महिला महिनावारीको समयमा पनि गर्भवती हुन सक्छन् । महिनावारीको चक्र २८ दिनभन्दा कम भएका महिला महिनावारीको समयमा गर्भवती हुने सम्भावना अधिक हुन्छ ।

४. महिनावारीको समय अमिलो, तेल तथा मसालायुक्त खाना खानुहुँदैंन ।
तथ्य – महिनावारी र अमिलो पदार्थबीच कुनै संबन्ध छैन । मसालायुक्त खानाले पेट खराब हुन सक्छ । तर यसबाट महिनावारीको पीडामा असर पर्दैन ।

५. महिनावारीको समयमा व्यायाम गर्नुहुँदैंन
तथ्य – महिनावारीको समयमा गरिने व्यायामले पीडा कम गर्न मद्दत गर्छ । व्यायामले मांसपेशीमा अक्सिजनको आपूर्ति बढाउँछ, जसबाट शरीरमा आराम मिल्छ ।

६. महिनावारीको समयमा आराम गर्नुपर्छ
तथ्य – महिनावारीको समयमा शरीरबाट रक्तस्राव हुन्छ । तर, यसबाट डराउँनु पर्दैन । महिनावारीको समय एक दिनमा करिब चार चम्चा रक्तस्राव हुन्छ । महिलाहरु आफ्नो दैनिक काम आरामसंग गर्न सक्छन् ।

७. पिएमएसबाट गुज्रन्छन्
तथ्य – महिलाले पिएमएस (महिनावारी हुनुअघिका लक्षण) को सामना गर्नुपर्ने हुन्छ, किनभने करिब ८५ प्रतिशत महिला यस्ता लक्षणको अनुभव गर्न सक्छन् ।

८. महिनावारीको रगत अन्य रगतभन्दा अलग हुन्छ
तथ्य – महिनावारीको रगत सामान्य अरु रगतजस्तै हुन्छ । यसमा केही पनि असामान्य हुँदैंन ।

९. महिनावारीको समयमा नुहाउँनु अथवा कपाल धुँनु हुँदैंन
तथ्य – महिनावारीलाई लिएर यो भ्रम सदिऔंदेखि छ । यस्तो बेलामा स्वच्छतामा ध्यान दिनुपर्छ ।

१०. कुमारीहरुले कटनको प्रयोग गनुहुँदैंन
तथ्य स् कयौं मानिसले कुमारीहरुले कटनको प्रयोग गर्नुहुन्न र त्यसबाट कौमार्य नष्ट हुन्छ भन्ने सोच्छन् । तर, कटनको प्रयोग र कुमारीत्वबीच कुनै संबन्ध हुँदैंन ।

स्तन वृद्धी गर्नेदेखि मृगौला रोग नियन्त्रणसम्मको थाहा पाउनै पर्ने मेथीका १० फाईदा



काठमाडौं । मेथी हामी धेरैको भान्छामा प्रयोग हुने गर्छ । भुटुनमा मेथी पड्काउनाले तरकारी तथा अचार बास्नादार र स्वादिलाने बन्छ । यो बाहेक मेथीको अन्य प्रयोग पनि गरिन्छ । सबैलाई मेथीको स्वाद मन नपर्न सक्छ । तर, मेथीले मानिसको स्वास्थ्यमा पार्ने प्रतिकुल असर भने सबैलाई मन पर्न सक्छ । फरक यति होकी कतिलाई मेथीका फाईदा बारे थाहा छ कतिले थाहा पाएका छैनन् । यदि त्यसो हो भने मसलाकोरुपमा प्रयोग हुने मेथीका १० फाइदाका बारेमा जानी राखौं ।
१. कपाल झर्न रोक्छ :
मेथीको दानामा कपाललाई मजबुद गर्ने क्षमता हुन्छ । यसमा प्रोटिन र निकोटिनिक एसिडको मात्रा उच्च हुन्छ जसले हाम्रो शरीरलाई पनि उर्जा दिन्छ । यसको पेष्ट बनाएर नरिवल वा जैतुनको तेल मिलाएर कपालमा लगाउँदा यसले कपाल झर्न रोक्छ ।
२. चायाँबाट मुक्ति :
यदि तपाइँलाई चायाँको समस्या छ भने मेथी तपाइँका लागि अचुक औषधी बन्छ । टाउकाको छाला सुख्खा भएर समस्या भयो भने मेथी त्यसका लागि सरल घरेलु उपाय हो । मेथीमा दही मिसाएर पेष्ट बनाउनुस र यसलाई कपालको जरा सम्म पुग्ने गरी लगाउनुस् । अलि अलि मसाज गर्नुस् । ३० मिनेटपछि धुनुस् तपाइँको कपालमा चायाँक समस्या तत्काल समाधान हुन्छ ।
३. डन्डीफोर नियन्त्रण :
मेथीका दाना डन्डीफोर नियन्त्रणका लागि पनि निक्कै उपयोगी मानिन्छ । यसले छालाको एमिडर्मिस तहमा रहेको टक्सिनलाई निकाल्छ र डन्डीफोरको दाग समेत हटाइदिन्छ । डन्डीफोरले दिक्क पारेको छ भने मेथी तपाइँका लागि अचुक औषधी हो । मेथीका दाना पिस्नुस् र पेष्ट बनाउनुस् यसमा थोरै मह हाल्नुस् । मेथी र महको पेष्ट सुत्नु अघि अनुहारमा लगाउनुस् विहान उठेर चिसो पानीले धुनुस् । डन्डीफोरको समस्या समाधान हुन्छ ।


४. मोटोपनको नियन्त्रण :
मेथीमा उच्च मात्रामा फाइवर हुन्छ । यसले पाचन प्रणालीमा सहयोग गर्छ । यसले शरीरलाई चाहिने भन्दा बढी क्यालोरी पनि कम गर्दिन्छ । विहानमा एक गिलास मेथीको पानी पिउनुस् यसले शरीरलाई अत्यन्तै फाइदा गर्छ ।
५. चम्किलो त्वाचा :
अनुहार चम्किलो पार्न चाहनु हुन्छ भने मेथी तपाइँलाई चाहिने चिज हो । मेथीको दानाले शरीरमा रहेका विभिन्न फ्रि रेडिकल्सलाई बाहिर निकाल्छ । मेथीको दानाको पेष्ट बनाएर लगाउँदा अनुहारमा रहेका काला घेरा र अन्य समस्या समेत हट्छन् । यसले छालाको कलर टोन बढाउँछ एवं मृत तन्तुहरु हटाउँछ त्यसकारण अनुहार चम्किलो देखिन्छ ।
६. पाचन प्रणालीमा सुधार :
मेथीको सेवनले पाचन प्रणालीलाई राम्रो तुल्याउँछ । यसले पेट पोल्ने र अन्य समस्या समेत हटाउँछ । पाचन सम्बन्धी कुनै पनि समस्या भएको ब्यक्तिका लागि मेथीको सेवन अत्यन्तै फाइदाजनक हुन्छ ।
७. सुगरको नियन्त्रण :
मेथीको सेवनले रगतमा हुने सुगर लेवल पनि नियन्त्रित हुन्छ । मेथीमा हुने एमीनो एसिडले प्याङ्क्रियाजमा हुने इन्सुलिनको प्रभाव बढाउँछ र यसले रगतमा हुने सुगरको मात्रा नियन्त्रण गर्छ । मधुमेहका रोगीहरुलाई पनि मेथी सेवन राम्रो मानिन्छ ।
८. मृगौलाका लागि राम्रो :
मेथीको सेवनले मृगौलालाई पनि स्वस्थ राख्छ । मेथीमा हुने तत्वले पत्थरीको समस्या हुनेलाई समेत फाइदा गर्छ । यसले भित्रका विकार पिसावको माध्यमबाट बाहिर निकाल्छ ।
९. ज्वरो नियन्त्रण :
यदि तपाइँलाई ज्वरो आएको छ भने एक चम्चा कागतीको रशमा मह र मेथी मिसाएर खाँदा ज्वरो घटछ । यसले आराम अनुभव गराउँछ । यसले घाँटीमा हुने खस खस पनि हटाउँछ ।
१०. महिलालाई उपयोगी :
मेथीले महिलामा स्तन वृद्धी गर्न सहयोग गर्छ । यसले महिलाले बच्चालाई खुवाउनका लागि दुधको उत्पादन पनि बढाइदिन्छ । महिलामा हुने विशिष्ठ समस्यामा मेथीले औषधीको काम गर्छ ।

हाडजोर्नी दुख्ने समस्या छ? यी ७ कुरामा ध्यान दिनुहोस्



के तपाईँको घुँडा हिँड्ने बेलामा पुरानो ढोका जस्तो कर्कराउँछ? अनि के तपाईँको कम्मर खस्लाजस्तो गरी दुख्छ? हातको पाखुरा अनि काँध चलाउन नमिल्ने गरी दुख्छ? यदि दुख्छ भने यो संसारमा तपाईँ एक्ले हुनुहुन्न।

विशेष गरी उमेर ढल्किँदै गएपछि शरीरमा भएको अधिकांश क्याल्सियमको मात्रा हाडजोर्नीले प्रयोग गर्ने गर्दछ र यदि क्याल्सियमको कमि हुन थालेपछि अब हाडजोर्नीमा समस्या आउन थाल्दछ। यस्तो समस्या वृद्धवृद्धाहरूमा मात्रै होइन, तन्नेरी र प्रौढहरूमा पनि हुने गर्दछ।



तर धन्ना नमान्नुहोस्, तपाईँको हाडजोर्नीलाई स्वस्थ राख्ने तरिकाहरू पनि छन्ः
१. हिँडडुल गर्न नछोड्नुहोस्
“हिँडिराख्नुपर्छ! दुखेर तड्पिराको बेला हिँड्न नसकुम्ला जस्तो हुनु सामान्य हो, तर तपाईँ हिँड्न सक्दिनँ भनेर जति बस्नुहुन्छ, त्यति नै सताउने गर्छ।”, फिजिसियन डा. युसेफ हब्बाब भन्छन्- “एउटै ठाउँमा कुक्रुक्क परेर बस्नुहुँदैन। यदि कम्प्यूटरमा काम गर्दै हुनुहुन्छ भने पनि उठ्नुहोस्, कम्तीमा पनि १ घण्टामा एकचोटि उठेर यताउता गर्नुहोस्।”

२. सही व्यायाम

दौडने अनि एरोबिक्स गर्नेभन्दा पनि साइकल चलाउने, हिँड्ने जस्ता हलुका व्यायाम गर्नु हाडजोर्नीको लागि फाइदाजनक हुन्छ। त्यसलगायत तपाईँको मेरदण्डलाई सक्रिय बनाउने व्यायाम जस्तै योगा गर्दा पनि उचित हुन्छ।

३. तौललाई नियन्त्रणमा राख्नुहोस्
“तौल बढ्नु भनेको जोर्नीको लागि एकदमै नराम्रो कुरा हो, किनकी यसले जोर्नीमा बढि दबाब पार्दछ।”, पोषणविद् शोना विल्कन्सन भन्छिन्- “हरेक १ किलो तौल बढ्दा हाम्रो घुँडामा दोब्बर दबाब पर्दछ। त्यसैले थोरै मात्रै तौल घटाउन सक्यो भने पनि जोर्नीमा हलुका भएपनि राहत हुन्छ।”

४. जोर्नीलाई चिल्लो बनाइराख्नुहोस्
यदि तपाईँलाई हाडजोर्नी दुख्ने समस्या छ भने हाडजोर्नीलाई चिल्लो बनाइराख्नुपर्छ, सुक्खा हुन दिनुहुँदैन। माछामा पाइने ‘ओमेगा-३ फ्याटि एसिड’ले जोर्नीसम्बन्धी दुखाईलाई कम गर्नुको साथै त्यसलाई बिस्तारै निको पनि गराउँदै लैजान्छ। त्यसलगायत, गाईको घ्यू, माछाको तेलले पनि हाडजोर्नीको दुखाईलाई कम गराउँदछ।

५. एउटा खुट्टाले उभ्भिनुहोस्
शरीरलाई सन्तुलनमा राख्ने व्यायामलाई त्यति महत्व दिइँदैन, तर यो अति नै लाभदायी अभ्यास हो। सुरुमा आँखा खोलेरै एउटा खुट्टा उचाल्नुहोस् र बिस्तारै आँखा बन्द गर्नुहोस्, आफ्नो शरीरलाई सन्तुलनमा राख्ने कोशिस गर्नुहोस्। गाह्रो हुन्छ भने भित्ताको सहायता पनि लिन सक्नुहुन्छ। दुईवटै खुट्टालाई २-२ मिनेट जति यसरी दैनिक व्यायाम गर्नाले घुँडा र गोलीगाँठाका मांशपेसीलाई मजबुत बनाई शरीरलाई सन्तुलित राख्न मद्दत पुग्दछ।

६. दूग्धपदार्थबाट बच्नुहोस्
यदि तपाईँलाई बाथरोग जस्तै अन्य हाडजोर्नीको समस्या छ भने अत्याधिक दूग्धपदार्थको सेवन गर्नु उचित हुँदैन। किनभने दूग्ध पदार्थमा अत्याधिक मात्रामा क्याल्सियम हुन्छ र शरीरले यति धेरै क्याल्सियमलाई एकैचोटि पचाउन सक्दैन, जसको कारण हाडजोर्नी सुन्निने समस्या आउन सक्छ। बरु त्यसको सट्टा हलुका मात्रामा क्याल्सियम पाइने खानेकुराहरू जस्तै हरियो सागपात, जहु, गेडागुडी खानु हाडजोर्नीको लागि फाइदाजनक हुन्छ।

क्याल्सियमका श्रोतहरूः
हाडजोर्नी र दाँतलाई बलियो राख्नको लागि क्याल्सियमको जरुरत पर्दछ, जुन निम्न खानेकुराहरूमा पाइन्छः

ब्रोकाउली:- प्रति १०० ग्राममा ४७ मिलिग्राम क्याल्सियम
रायोको साग:- प्रति १०० ग्राममा ९९ मिलिग्राम क्याल्सियम
सिमी:- प्रति १०० ग्राममा ३७ मिलिग्राम क्याल्सियम
सुन्तला:- प्रति १०० ग्राममा ४० मिलिग्राम क्याल्सियम
बदाम:- प्रति १०० ग्राममा २६४ मिलिग्राम क्याल्सियम
केराउ:- प्रति १०० ग्राममा २५ मिलिग्राम क्याल्सियम
जौ:- प्रति १०० ग्राममा ८० मिलिग्राम क्याल्सियम
सोयाबिन:- प्रति १०० ग्राममा २७७ मिलिग्राम क्याल्सियम
गेडागुडि:- प्रति १०० ग्राममा ६६ मिलिग्राम क्याल्सियम
बन्दाजोबी:- प्रति १०० ग्राममा ४० मिलिग्राम क्याल्सियम
प्याँज:- प्रति १०० ग्राममा २३ मिलिग्राम क्याल्सियम
माछा:- प्रति १२० ग्राममा २० मिलिग्राम क्याल्सियम
अनार:- प्रति १०० ग्राममा १० मिलिग्राम क्याल्सियम
भिण्डी:- प्रति १०० ग्राममा ८२ मिलिग्राम क्याल्सियम
कुरिलो:- प्रति १०० ग्राममा २४ मिलिग्राम क्याल्सियम
आदि।

दिनमा कति क्याल्सियम आवश्यक पर्दछ?
१ देखि ३ वर्षका नवजात शिशुलाई प्रतिदिन ७०० मिलिग्राम
४ देखि ८ वर्षका बालबालिकालाई प्रतिदिन १०० मिलिग्राम
९ देखि १३ वर्षका बालबालिकालाई प्रतिदिन १३०० मिलिग्राम
१४ देखि १८ वर्षका किशोरकिशोरीलाई प्रतिदिन १३०० मिलिग्राम
१९ देखि ३० वर्षका युवायुवतीलाई प्रतिदिन १००० मिलिग्राम
३१ देखि ५० वर्षका प्रौढलाई प्रतिदिन १००० मिलिग्राम
५१ देखि ७० वर्षका वृद्धलाई प्रतिदिन १००० मिलिग्राम
५१ देखि ७० वर्षका वृद्धालाई प्रतिदिन १२०० मिलिग्राम
७१ देखि माथिका वृद्धवृद्धालाई प्रतिदिन १२०० मिलिग्राम
१४ देखि १८ वर्षका गर्भवती महिलालाई प्रतिदिन १३०० मिलिग्राम
१९ देखि ५० वर्षका गर्भवती महिलालाई प्रतिदिन १००० मिलिग्राम


दुध खानुको महत्वपूर्ण फाइदा



कुनै पनि स्तनधारी कुनैपनि स्तनधारी प्राणीका लागि दुध अतिनै आवश्यक पदार्थ हो ।अझ मानव जीवनका लागि त झनै महत्वपूर्ण पदार्थ हो । कुनै पनि शिशुका लागि जन्मेको ६ महिना सम्म उसको सम्पूर्ण खानेकुरा भनेकै दुध मात्र हो । अर्थात दुध बाहेक अरु चिज दिन सकिदैन वा हुदैन पनि । बच्चाको उमेर बढदै जाँदा विस्तारै आमाको दुध आउने र बच्चाले खानेक्रम घटदै जान्छ । त्यसको पूर्ति गाई , भैँसी, भेडा, बाख्रा लगायतका जनावरका दुधबाट पूर्ति गर्ने गरिन्छ । दुध ‘माइक्रो न्युट्रेन्ट’ हो , जसले शरीरको सम्पूर्ण बृद्धिविकासका लागि सहयोग पुर्याकउछ ।

दुधबाटै शरीरका लागि आवश्यक पर्ने प्रोटिन, कार्वोहाइट्रेड, फ्याट र मिनरल्स लगायतका तत्वहरु पाइन्छ । शरीरका लागि आवश्यक पदार्थ दुधबाटै पाइने हुनाले नियमित रुपमा दुध पिउने व्यक्ति शारीरिकरुपमा तन्दुरुस्थ र निरोगी हुन्छ । दुधमा पानीको मात्रा निकै बढी हुन्छ । त्यसैले साना बच्चाहरुलाई दुध खुवाएपछि छुट्टै पानी खुवाईदैन । किनकी दुधले पानीको काम पनि गर्छ । १०० ग्राम दुधमा ८७. ७ ग्राम पानी हुन्छ । ३.३ ग्राम प्रोटिन, ३.६ ग्राम लिपिड, ४.६ ग्राम कार्वोहाइट्रेड ०.२ ग्राम अर्गानिक एसिड र ०. ७ ग्राम मिनरल्स हुन्छ । दुधमा पाइने प्रोटिनले शरीरको वृत्तिविकासको लागि काम गर्छ । बोसो र कार्वोहाइट्रेडले शरीरलाई शक्ति प्रदान गर्छ । तुलनात्मक रुपमा गाईको भन्दा भैँसीको दुधमा कार्वोहाइट्रेड र बोसोको मात्रा बढी हुन्छ । तर कोलिस्ट्रोल र मिनरल्सको मात्रा गाईको दुधमा बढी पाइन्छ ।


के काम गर्छ ?
दुधले शरीरलाई शक्ति दिने काम गर्छ । शरीरका अंग तथा कोशहरुको बृद्धिविकास वा शरीर बढाउनमा मद्दत गर्छ । त्यस्तै पानीको मात्रा पनि बढाउछ ।दुधमा पाइने क्याल्सीयमले हड्डीको विकास गर्छ । आइरनले हेमोग्लोविनको अर्थात शरीरलाई चाहिने रातो पदार्थको काम गर्छ । फोस्पोरसले हडडीलाई चाहिने बस्तुको काम गर्छ । सोडियम पोटासियमले पानीको मात्रा मिलाउने काम गर्छ । त्यस्तै प्रत्येक कोषका लागि चाहिने लवणहरु पाइन्छ ।

कस्तो विरामीले दुध सेवन गर्नु हुदैन ?
सामान्यतया दुध खान नहुने भन्ने त्यस्तो रोग नै छैन । जुनसुकै रोगीले पनि ताजा दुध खानु स्वास्थ्यको लागि लाभदायक नै हुन्छ । तर कहिले काही दुध नखानु पनि राम्रो मानिन्छ ।

त्यो अवस्था कतिवेला आउछ भने जव हाम्रो शरीरमा ल्याक्टोजको मात्रा कमी भएर पखला लाग्छ । ल्याक्टोज भन्ने एक किसिमको सुगर जस्तै तत्व हुन्छ । त्यसले पाचनको काम गर्छ । जो मान्छेमा त्यो तत्वको कमी हुन्छ त्यस्ता व्यक्तिले दुधको सेवन गर्दा झनै पखला लाग्ने बढने सम्भावना हुन्छ । यसलाई चिकित्सक भाषामा ल्याक्टोज इन्टोरोलेन्स भन्ने गरेको छ । यो विशेष गरी बालक र बृद्धहरुमा देखा पर्छ । त्यसैले ल्याक्टोज इन्टोलोरेन्स हुदा खेरी भरीसक दुध नपिउनु राम्रो भन्ने गरिन्छ । अन्यथा जुनसुकै रोगका विरामीले दुध पिउनु सकिन्छ ।

चिकित्सा विज्ञानले बच्चालाई जन्मेको कम्तीमा छ महिना सम्म आमाको दुधमात्रै खुवाउनु पर्छ भनेको छ । त्यसपछि भने आवश्यकता अनुसार गाई भैसीको दुधहरु खुवाउन सकिन्छ । त्यो क्रमलाई जिवनभर निरन्तरता दिन सकिन्छ । पछिल्ला समयमा बजारमा पाइने प्याकेटवाला दुधमा पनि गाईभैसीकै दुधमा पाइने तत्व हुनुपर्ने हुन्छ तर कतिपय कम्पनीका दुधमा त्यस्तो तत्व नभएको भन्ने समेत सुनिएको छ । त्यसैले प्याकेट दुधको खरीदमा त्यसको प्याकेटमा लेखिएको तत्वहरुको समेत अध्ययन गर्नु जरुरी हुन्छ । दुधबाटै बन्ने दहीले समेत मानव स्वास्थ्यका लागि फाइदा जनक छ ।
दुधमा पाइने तत्वसंगै दहीमा ल्याक्टो बेक्टेरियास भन्ने तत्व हुन्छ । त्यसले इन्जाइमको काम गर्छ । त्यस्तै दुधबाट बन्ने पनिर तथा चीजले प्रोटिनको काम गर्छ । त्यसैले दुधमा हुने विभिनन पदार्थलाई आवश्यकता अनुसार विभिन्न परिकारमा परिवर्तन गरी फाईदा लिन सकिन्छ ।

नोटः यो सामग्री डा. भगवान कोइराला नामको फेसबुक पेजबाट लिइएको हो ।

यसरी नियन्त्रण गर्न सकिन्छ High तथा Low ब्लड-प्रेसर



छाती छाम्यो भने पनि प्रस्ट थाहा हुन्छ । अझ कसैको छातीमा कान टाँसेर सुन्यो भने त ठुलै आवाजले भड्केको सुनिन्छ मुटु । हाम्रो बोलीचालीको भाषामा त्यसलाई मुटु चलेको भनिए पनि बास्तबमा त्यो मुटुले रगतलाई शरीरका बिभिन्न भागमा पुर्याउनको लागि जोडले धकेलेको हो । हाम्रो शरीरका हरेक कोषले जीवित रहनको निमित्त आवश्यक पर्ने तत्वहरु जस्तै खाना, हावा आदि रगत मार्फत नै प्राप्त गर्दछन् ।

मुटुबाट धकेलिएको रगत सुरुमा २ वोटा ठुलो धमनीमा जान्छ । यिनीहरु मुटुको दायाँ र बायाँ दुई तर्फ जोडिएका हुन्छन् । दायाँ तर्फको धमनी मार्फत जाने रगत फोक्सोमा जान्छ भने बायाँ धमनी मार्फत जाने रगत शिरा नामक अलि साना धमनीहरुमा जान्छ ।
साना धमनीहरु धेरै नै हुन्छन्, र बिभिन्न आकारका हुन्छन्, र तिनीहरु कोषिका नामक एकदम साना रक्तनलीहरुसंग जोडिएका हुन्छन् भने कोषिकाहरु शरीरका हरेक कोष-कोष र मांसपेशी सम्म पुगेका हुन्छन् ।

शिराहरुको आकार अनुसार तिनीहरुमा करिब १०-१०० सम्म कोषिकाहरु जोडिएका हुन्छन् । कोषिकाहरुले खाना, अक्सिजन आदि कोष-कोषमा पुर्याउंछन् अनि कोषमा भएको बिकार अथवा अनाबश्यक कुराहरु फर्काएर ल्याउँछन् जुन बिभिन्न माध्यामले शरीरबाट बाहिर निस्कन्छ ।

हामीले नेपालीमा भन्दा धमनी, शिरा, कोषिका सबैलाई नसा भन्दछौ, तर त्यो भनाइ सही होइन । नसालाई अंग्रेजीमा vein भनिन्छ । नसाले शरीरका बिभिन्न भागबाट बिकार युक्त रगतलाई प्रसोधनको लागि मुटुमा ल्याउने काम गर्दछ ।

वास्तबमा धमनी, शिरा, कोषिका, नसा सबैलाई रगत हिड्ने बाटाहरु भन्दा पनि अत्युक्ति हुँदैन ।
मुटुदेखि शरीरका हरेक कोषसम्म रगत पुग्ने प्रक्रियालाई चितवन सिंचाई योजनासंग दाँज्ने हो भने मुटु भनेको नारायणीबाट पानी तानेर मुहानको ठुलो नहरमा पानी पठाउने पम्प हो, धमनी भनेको मुहानको ठुलो नहर, शिरा भनेका शाखा नहरहरु, कोषिका भनेका खेतसंग जोडिएका कुलाहरु, र हाम्रो शरीरका कोषहरू भनेका खेतका गराहरु हुन् ।

मुटुले जोडले धकेलेको रगत धमनीहरु मार्फत सही तरिकाले अगाडि जानको लागी धमनी पनि सही प्रकारको हुनु पर्दछ । धमनीलाई साइकलमा हावा हाल्ने पम्पमा जोडिएको रबरको नली (ie) संग तुलाना गर्न उचित हुन्छ । पम्पबाट राम्रोसंग हावा पास हुनको लागि उक्त नली लचकदार हुनु पर्दछ,कडा हुनु हुँदैन अनि नलीमा कुनै फोहोर तथा कचडा जमेको वा पसेको हुनु हुँदैन । नली कडा भएको छ भने अथवा भित्र केही फोहोर छ भने पनि उक्त नलीबाट हावा त केही मात्रामा जान्छ तर पम्पलाई बढी बलले दबाउनु पर्छ ।
साइकलको हावा हाल्ने पम्पको नाली जस्तै धमनी पनि प्रयाप्तमात्रामा खुला र लचकदार हुनु पर्दछ । यदि धमनी कडा भयो भने अथवा यसको प्वालमा कुनै कुराले साँगुरो बनायो भने मुटुले पनि बढी जोडले रगत धकेल्नु पर्छ ।

रगतलाई बढी जोडले धकेल्न पर्नु भनेको नै मुटुले सकिनसकी बढी काम गर्न परिरहेको छ भनेको हो र त्यसैको कारणले रक्तचाप बढ्न जान्छ ।

धमनी कडा हुनुको मूल कारण नुन बढी खानु हो भने प्वाल साँगुरो हुनुको मूल कारण प्वालमा बोंसोलाग्नु वा जम्माहुनु हो ।
धमनीबाट राम्रोसंग रगत पास हुन नसक्नुको अर्को पनि असर हुन्छ । जसरी मुख्य तथा सहायक नहरहरू आवश्यक मात्रामा फराकिला र सफा नहुँदा खेतमा राम्रोसंग पानी पुग्न सक्दैन त्यसरी नै धमनी तथा शिरा र कोषिका मार्फत पूर्ण स्तरको रक्त-प्रबाह हुन नसक्दा शरीरका बिभिन्न भागका कोषहरूले चाहिँदो मात्रामा आवश्यक तत्व प्राप्त गर्न सक्दैनन्, त्यसो हुनु पनि शारीरिक असर नै हो ।



रक्तचाप दुई प्रकारका अंकको आधारमा नापिन्छ । माथिल्लो अंकलाई systolic भनिन्छ भने तल्लो अंकलाई distolic भनिन्छ । systolic भनेको मुटु खुम्चिएको बेलाको धमनीको प्रेसर हो भने distolic भनेको मुटुको धड्कनको दुई गतिको बिचमा मुटुले आराम गर्दाको प्रेसर हो । मानौं तपाइंको प्रेसर १२०/८० छ भने १२० systolic हो भने ८० distolic प्रेसर हो ।
उपल्लो अंक १००-१४० र तल्लो अंक ६०-९० बिचमा छ भने त्यो रक्तचाप सामान्य हो । त्यो भन्दा बढी हुनु भनेको उच्च रक्तचाप को अवस्था हो भने कम हुनु भनेको अल्प रक्तचाप को अवस्था हो ।
यदि रक्तचाप १२०-७५ छ भने त्यो एकदम राम्रो, आदर्श रक्तचाप(Ideal pressure) हो ।

यसै कारणले रक्तचाप High अथवा Low हुन्छ भनेर ठ्याक्कै भन्न मिल्दैन । यो बंशाणुगत (Hereditry) पनि हुन सक्छ, र व्यक्तिले आफ्नो जीवन यापनको तरिका नमिलाउँदा पछि आर्जित (acquired afterwards) पनि हुन सक्छ ।त्यस्तै मुटुको माशपेशीको तन्दुरुस्तीपन, धकेल्न सक्ने क्षमता, धमनीको कडापन, धमनीको साथै कोषिकाहरुको फराकिलोपन, खानपान, धुम्रपान, सुरापानको मात्रा, शारीरिक परिश्रम आदिबाट प्रभावित हुन्छ । High Blood pressure तथा Low Blood pressure दुवै हम्रोलागी खराब हुन्छन् |

टाउको दुख्नु, नाकबाट रगत आउनु, स्वास फेर्न असजिलो हुनु, मुटु अस्वाभाभिक जोडले धड्कनु, आँखाले धमिलो देख्नु, अनुहार रातो हुनु, झड्याङ्ङ रिस उठ्नु, नाथ्रो फुटिरहनु, निद्रा नलाग्नु, आदि उच्च रक्तचाप (High Blood pressure) का लक्षण हुन् ।
त्यस्तै बिस्तारै टाउको दुखिरहनु, रिंगाटा लागेर लड़ला जस्तो हुनु, मुटुको धड्कन अचानक घट्नु या बढ्नु, वाकवाक लग्नु, दुबिधा हुनु, जतिखेर पनि निद्रा लाग्नु, आँखा धमिलो हुनु, कान टिन्न गर्नु, जराकजुरुक गर्दा अचानक बेहोस भएर लड्नु आदि रक्त अल्पता (Low Blood pressure) का लक्षण हुन् ।
निम्नकोटीको मधुमेह (Type-2 Dibetes) हुने ३०% र उच्चकोटीको मधुमेह (Type-1 Dibetes) हुने ८०% व्यक्तिलाई ढिलो वा चाँडो High Blood pressure हुन्छ-हुन्छ।

त्यसको अतिरिक्त मृगौलाको समस्या हुने, शरीरमा हार्मोनको ठिक अनुपात (Balance) नहुने, धुम्रपान गर्ने, मधपान गर्ने, Ideal weight भन्दा ५ किलो भन्दा पनि बढी तौल हुनेलाई, राती काम गर्नेहरुलाई, प्रयाप्त नासुत्नेहरुलाई, फलफुल र हरियोपरियो कम खानेलाई, तेल र बोसोयुक्त खाना बढी खानेलाई, नुन तथा मसला बढी खाने चलन भएका अफ्रिकी र दक्षिण एसियाली मुलका ब्यक्तिहरुलाई, शारीरिक परिश्रम नगर्नेहरुलाई, गर्भवती तथा गर्भनिरोधक चक्की प्रयोग गर्ने महिलाहरुलाई, ४० बर्ष कटिसकेका व्यक्तिहरुलाई High Blood pressure हुने धेरै सम्भावना हुन्छ ।

Blood pressure बढ्यो भने मृगौला बिग्रिने, श्वासप्रश्वास तथा मुटु सम्बन्धि धेरै प्रकारका रोग लाग्ने, अन्धो हुने, हृदयघात हुने, मस्तिष्कको नसा फुटी मस्तिष्कघात हुने लगायतका जीवनलाई नै जोखिम पार्ने नराम्रा परिणाम हुन सक्छन्
खानपानमा सुधार गरे, धुम्रपान र मदपान त्यागे, समस्या पर्दा पनि पृथ्वी नै पल्टेजस्तो गरी नभुट्भुटिई स्वाभाविकरुपले लिने गरे, हरियो चिया प्रसस्त पिउने गरे, बेलैमा र दिनको कम्तिमा ८ घण्टा सुत्ने गरे, शारीरिक परिश्रम गरे दुवै प्रकारको Blood pressure नियन्त्रण हुन सक्दछ ।

दिनमा आधा घण्टा मात्र छिटोछिटो हिंड्यो भने पनि महिना दिन भित्रमा Blood pressure मा धेरै नै सुधार हुन्छ । सकेमा र समय मिलेमा दिनमा १० हजार पाइला हिंड्ने हो भने त १ महिना मै Blood pressure ठिक अनुपातमा आउँछ । औषधि नै खानुपरे पनि ढुक्कसाथ खानु पर्छ | औसधि खायो भने खाइराख्ने बानी पर्छ भन्ने भनाई धेरै नै सुन्न पाइन्छ, त्यो सरासर गलत हो ।


किन हुन्छ यौनाङ्ग र निप्पलको रंग गाढा ? कारण यस्तो रहेछ जानी राखौ



एजेन्सी । मानिसको शरीरको रंग भाग अनुसार फरक देखिन्छ । के तपाईँले कहिल्यै यस सोच्नु भएको छ? मानिसको शरीरको अन्य भागको तुलतामा यौनाङ्ग र निप्पलको रंग गाढा हुनुमा बैज्ञानिक कारण नै छ । आउनुस तपाइलाइ यौ बारेमा हामी जानकारी दिन्छाै ।
विशेषज्ञहरुका अनुसार यो प्रकृया किशोरअवस्था देखि नै सुरु हुन्छ । जब यौन हार्मोन शरीरमा बन्न थाल्छ एक अमिनो एसिड बन्न थाल्छ । जसलाई मेलानिन पिगमेन्ट भनिन्छ । मेलानिन पिगमेन्ट भनेको त्यो हो जसले कपाल गाढा (कालो वा खैरो) बनाउने काम गर्छ । यसैको कारण पुरुषको लिंग र महिलाको योनी तथा स्तनको निप्पलको छाला शरीरको अरु भागको छाला भन्दा गाढा (कालो वा खैरो ) हुने गर्छ ।

यो एक प्राकृतिक प्रकृया हो । तैपनि यदि युवा अवस्थामा अझ बढी गाढा हुँदै गयो भने त्यो चाँहि मधुमेहको लक्षण पनि हुन सक्छ । त्यसकारण सतर्क रहन जरुरी पनि छ ।


कोलम्विया युनिभर्सिटी मेडिकल सेन्टरका डाक्टर लिन्डसे बोर्डोन भन्छन् , ‘शरीरमा चिनीको मात्रा बढी भयो भने पनि शरीरको कतिपय भाग गाढाँ कालो भएर आँउछ त्यसलै सतर्क रहनुहोस यो मधुमेह पनि हुनसक्छ । ‘डा. बोर्डोन भन्छन् , ‘सानो छँदा केटा केटीका यौनाङ्ग तथा निप्पल फिक्का ( मधुरो) रङको हुन्छ भने जब उनिहरु किशोरअवस्थामा प्रवेश गर्छन सेक्स हार्मोनको बहाबका कारण ति भाग वा अंगहरुको रङ गाढा भएर आँउछ ।’
किशोरावस्थामा प्रवेश गर्दा पुरुषहरुमा टेस्टोस्टेरोन र महिलामा एस्ट्रोजेन नामक हार्मोनको उत्पादन तथा वहाब बढ्न थाल्छ । यी हार्मोनले नेलानोसाइट्स भनिने छालाको कोषलाई मेलानिन उत्पादन गर्ने सन्देश दिन्छन् ।

महिलामा भने यो प्रभाव किशोरी अवस्थामा नै देखिन्छ । जव महिला गर्भवति हुन्छिन् अथवा गर्भनिरोधक पिल्सको प्रयोग गर्छिन त्यो बेलामा नै महिलामा एस्ट्रोजेनको मात्रा बढी हुन्छ र उनको छाला तथा निप्पल तथा योनी गाढा रङको भएर आँउछ ।यसको अलावा खेलाडीहरु जसको यौनाङ्ग वरीपरि छालामा घर्षण भएको हुन्छ छालाले आफूलाई बचाउन बढी मेलानिन उत्पादन गर्ने हुदा ती भाग बढी गाँढा रङको हुन्छ ।

‘यो बाहेक यदि घाँटी काखी, तथा शरीरका अन्य भाग बढी गाढा ( कालो) हुँदै गरेको पाउनुभयो भने तुरुन्त जाँच गराउनुस किनकी यो मधुमेहको संकेत हुनसक्छ’ डा. बोर्डोन् बताउछन ।

सखरखण्ड खानुस् र क्यान्सर तथा बुढ्यौलीवाट बच्नुस्


करिब आठ हजार बर्ष अघिबाट खेतीगर्न थालिएको सखरखण्ड खानुका धेरै फाइदा छन् । सखरखण्ड मा प्रयाप्त मात्रामा फाइबर र पोषण तत्व पाइन्छ जुन स्वास्थ्यको लागि एकदमै फाइदाजनक छ ।सुगरका रोगीले पनि यसको सेवन गर्न सक्छन् । आश्चर्य लाग्दो कुरा के छ भने ग्लासिमिक इन्डेक्स कम हुने भएकाले यसको सेवनले ब्लडमा सुगरको मात्रा घटाउँछ । ब्लड प्रेसर कम गर्न र कब्जियत हुनबाट रोक्न पनि यसको प्रयोगले सहयोग गर्दछ । यसका फाइदाहरु यस प्रकारका छन्ः

आँखा स्वस्थकर बनाउछ : अफ्रिकाका बच्चाहरुमा गरिएको अनुसन्धानले सखरखण्डबाट ३५ देखि ९० प्रतिशतसम्म भिटामिन ए को पूर्ति गर्दछ जुन आँखाको लागि लाभदायक हुन्छ ।
क्यान्सर र बुढौली प्रतिरोधी : सखरखण्डमा पाइने क्यारोटेनाइड तत्वले क्यान्सर हुन र बूढो हुनबाट बचाउँछ । हार्भड युनिर्भसिटीले गरेको अध्ययन अनुसार प्रशस्त क्यारोटेनाइड पाइने खानेकुरा खाँदा फोक्सोको क्यान्सर हुने सम्भाबना ३० प्रतिशतले कम हुन्छ ।



तनाब कम गर्ने, ब्लड प्रेसर कम गर्ने र मुटुलाई स्वस्थ राख्दछ : भिटामिन बी सिक्स पर्याप्त मात्रामा भएकोले कार्डियोभास्कुलर बिकारलाई कम गर्दछ । म्याग्नेसियम पनि पर्याप्त मात्रामा पाइन्छ जुन स्वस्थ मुटु, हड्डी, मांशपेशी र स्नायूका लागि आवश्यक हुन्छ
यसमा पाइने पोटासियमले मुटुको चाललाई अधिनमा राख्दछ, सुन्निने क्रम घटाउछ र मृगौलाको कार्यलाई नियन्त्रण गर्दछ ।

शक्ति बर्दक : यसमा पाइने सुगर क्रमिक रुपमा रगतमा घुल्ने भएकाले धाबक, खेलाडी र लो ब्लड प्रेसर भएकालाई आफ्नो खुराकमा सामेल गर्न सिफारिस हुने गर्दछ ।


जंकफुड खाने बानी छ ? यस्ता छन् जंकफुडले पार्ने तत्कालीन तथा दीर्घकालीन प्रभाव



जंकफुडको तत्कालीन तथा दीर्घकालीन प्रभाव

जंकफुडले सर्ट टर्म (तत्कालीन) पेटमा असर पार्न सक्छ । यस्ता खानेकुरामा रेसा हुँदैनन् । फलस्वरूप पाचन क्रिया सुचारु हुँदैन । त्यसले कब्जियत तथा ग्यास्ट्रिकको समस्या उत्पन्न गर्न सक्छ । ग्यास्ट्रिक बिग्रिएर अल्सर पनि हुनसक्छ भने पछि ठूलो आन्द्राको क्यान्सर हुने डरसमेत हुन्छ ।
जंकफुडले पार्ने दीर्घकालीन असर
जंकफुडमा पोषण तत्वको कमी हुन्छ । टाउकोमा पनि यसको असर देखिन्छ । जंकफुड मात्र खाँदा अल्छी लाग्छ । काममा ध्यान केन्द्रित हुँदैन । शरीरमा अक्सिजनको मात्रा कमी हुँदा बालाबालिका एकोहोरा हुन्छन् ।


मुटुमा असर
जंकफुडमा चिल्लोको मात्रा बढी हुन्छ । यसमा नकारात्मक चिल्लो पदार्थ बढी हुने भएकाले कोलस्ट्रोल बढ्छ । रक्त नलीमा बाधा पुर्या ई रक्तसञ्चारमा बाधा पुर्याहउँछ । त्यसैले अन्य खानेकुरा नपाइएको स्थितिमा क्षणिक समय जंकफुड खानु ठीकै हो, लामो समयसम्म यसको भर पर्नुहुँदैन ।

पहिले नै रोग लागिसकेकाहरूले सकेसम्म जंकफुड खानु हुँदैन । मधुमेह तथा उच्च रक्तचाप भैसकेकाले जंकफुड सेवन गरे रोगले प्रश्रय पाउँछ ।

जंकफुडले शरीरमा चिनीको मात्रा बढाएर मधुमेह देखिन सक्छ । चिनीको मात्रा बढी भए रगतको नली सुन्निने तथा मुटुका विभिन्न समस्या उत्पन्न हुन सक्छन् ।

कलेजोमा असर
लामो समयसम्म जंकफुडमा मात्र भर पर्दा कलेजो तथा मिर्गौलामा असर पुग्छ । यस्ता खानेकुरामा चिल्लो तथा नुन बढी हुने भएकाले इलेक्ट्रोलाइटिक्सको मात्रा बढी भएर उच्च रक्तचापको समस्या देखिन्छ । कलेजोमा आवश्यक मात्रामा पौष्टिक तत्व नपुग्दा हड्डी कमजोर हुन्छ भने पछि गएर बाथ रोग पनि देखापर्नसक्छ ।
छालामा असर

जंकफुडले छालामा पनि प्रभाव पार्छ । यसमा चिनीको मात्रा बढी हुने भएकाले छालामा पनि असर देखिन्छ जसका कारण उमेरै नपुगी छाला चाउरी पर्छ ।

मानसिक असर
जंकफुडले डिप्रेसन पनि निम्त्याउँछ । यसमा क्यालोरी हुँदैन । जति खाए पनि पेट नभरिने र स्वादिलो हुने भएकाले अझ बढी खान मन लाग्छ । लामो समयसम्म यसको सेवन गर्दा चिनीको मात्रा बढी हुने भएकाले सुगर बढ्छ र अक्सिजनको मात्रा घट्छ । यसले गर्दा डिप्रेसन हुने सम्भावना पनि उत्तिकै रहन्छ ।

मोटोपन
जंकफुडमा अनावश्यक चिल्लो पदार्थ हुने भएकाले मोटोपनको समस्या देखापर्छ ।

यसबाहेक भूकम्पपछि अहिले धेरै जना घरबाहिर बस्न बाध्य भएका छन् । यसले गर्दा बाथ रोग लाग्ने सम्भावना पनि उत्तिकै हुन्छ । रातदिन चिसो ठाउँमा बस्दा छातीको संक्रमण भएर निमोनियाका रोगीको संख्या बढेको डा. पौडेल बताउँछन् । पहिलेदेखि दम रोग लागेकाहरूलाई धूँवा तथा धूलोका कारण गाह्रो भैरहेको हुन्छ । यसैगरी वातावरणका कारण यो समयमा टाइफाइडको सम्भावना पनि वृद्धि हुन्छ ।

समाधानका उपाय
अहिले धरैले विपत्तिका बेलामा जे उपलब्ध हुन्छ त्यही खानुपर्ने बाध्यता छ । घरबाहिर टेन्ट तथा खुला ठाउँमा बस्नुपर्ने बाध्यता पनि उत्तिकै छ । प्रकृतिले दिएको यो विपत्तिको सामना गर्दै आफ्नो स्वास्थ्यप्रति पनि जागरुक हुनुपर्छ । जे भए पनि सकेसम्म लामो समयसम्म जंकफुडको भर पर्नुहुँदैन । राम्रोसँग नपकाइएको खानेकुरा खाँदा अपच हुनुका साथै वाकवाकी लाग्छ । त्यसैले भात पनि राम्रोसँग पकाएर खानुपर्छ । गाउँघरतिर आफ्नै घरमा मकै, गहँु आदि उपलब्ध हुन्छन् । चना, मकैको सातु, गहुँको पिठोको रोटी खान सकिन्छ । यस्ता खानेकुरामा पौष्टिक तत्व बढी पाइन्छ । यसैगरी आफ्नो स्वास्थ्यको ख्याल गर्दै चिसो ठाउँमा बस्नुहुँदैन । फोहोर खानेकुरा नखाने, खानुअघि हात राम्रोसँग धुने तथा स्यानिटाइजरको प्रयोग गर्ने बानी बसाल्नुपर्छ । अहिले वर्षायाम छ । त्यसैले पानीबाट उत्पन्न हुने रोगबाट जोगिन सरसफाइमा ध्यान दिनुपर्छ । हैजा, मलेरिया आदि पानीको माध्यमबाट सर्ने भएकाले घर वरपर फोहोर भए तुरुन्त सफा गरी पानी जम्ने खाल्डाहरू पुर्नुपर्छ । पानी उमालेर मात्र पिउनुपर्छ । चर्पीको पनि उचित व्यवस्थापन गर्नुपर्छ ।

दिनको सुरुवात एक गिलास पानीबाट गरौं

डा. ऋषिकुमार काफ्ले कार्यकारी निर्देशक एवं वरिष्ठ मृगौला रोग विशेषज्ञ

राष्ट्रिय मृगौला उपचार केन्द्र
स्वस्थ्य देखिए पनि मृगौला बिग्रिन सक्छ
नेपालमा मृगौला रोगको अवस्था कस्तो छ ?
नेपालमा विगतको तुलनामा मृगौला रोगको प्रकोप बढ्दै गइरहेको छ । यो रोग लागेका बिरामीको उपचारमा पहुँच बढेसँगै यो रोगका पीडित पनि बढ्दै गइरहेका छन् । रोगको कारण, असर, उपचार विधि र सावधानी अपनाउने सम्बन्धमा आममानिसमा जानकारी बढेको छ । तर, मृगौला रोगबाट कसरी टाढा रहने भन्नेबारेमा भने मानिसमा चेतना अझै आइसकेको छैन ।

मानिसले आफ्नो जीवनशैली तथा खानपिनमा खासै सुधार गरेका छैनन् । सहरी क्षेत्रका मानिसको निष्कृय जीवनशैलीका कारण रोगीको संख्या बढिरहेको छ ।

कस्तो अवस्थालाई मृगौला बिग्रेको मानिन्छ ?
मृगौलाले काम गर्न छोड्यो भने रगत फिल्टर गर्न सक्दैन । रगतमा क्रिएटिनिनको मात्रा बढ्छ । १.५ सेरम क्रिएटिनिन हुनुपर्नेमा सेरम क्रियटिनिन १.४ भयो भने १ मात्रा बढेको मानिन्छ । परीक्षण गर्दा यो मात्रा सही हो भने त्यो मृगौला आधा बिग्रिएको हुन्छ ।

त्यस्तो अवस्थामा मृगौला स्थायी रूपमा बिग्रिएको हो वा अस्थायी हो भनेर हेर्नुपर्छ । अस्थायी भनेको ज्वरो आएको वा अन्य औषधि सेवन गरेका कारणले मृगौलामा केही समस्या देखिएको अवस्था हो ।

यस्तो समस्या ज्वरो वा के कारणले औषधि खानुपरेको हो, त्यो सेवन गर्न छाडेपछि मृगौलाको समस्या पनि ठीक हुन्छ । त्यो पनि समयमा ध्यान दिएको खण्डमा मात्र ।
नत्र भने ३ महिनासम्म बेवास्ता गरेमा उपचार गरे पनि ठीक हुने सम्भावना कम हुन्छ । स्थायी भनेको मृगौला वास्तवमै काम गर्न नसक्ने अवस्थामा पुगेको हो ।
नेपालका यो रोग बढ्नुको कारण के हो ?
मृगौला रोग शरीरमा नै लाग्ने भए पनि बाहिरी तवरबाट रोगको लक्षण नदेखिने भएकाले अधिकांश व्याक्तिहरु स्वास्थ्य परीक्षण गराउन जाँदैनन् । जब लक्षण देखिन्छ, तबमात्रै जचाँउछन् ।
समयमा नजचाँउदा रोग उपचारमा ढिलो भइसकेको हुन्छ । यसमा व्यक्ति र रोग लागेका व्यक्ति छुट्याउन गाह्रो हुन्छ । सामान्य व्यक्तिहरुलाई समेत रोग लागिसकेको हुन सक्छ । त्यसैले स्वस्थ व्यक्तिले वर्षमा एकपटक अनिवार्य रूपमा स्वास्थ्य परीक्षण गराउनुपर्छ ।


कस्तो उमेर समूह र वर्गका नेपालीमा बढी मृगौलाको रोग देखिएको छ ?
सबैखाले नेपालीमा यो रोग देखिएको छ । यो रोगले धनी, गरिब, बच्चा, बूढापाका, गाउँ, सहर सबै क्षेत्रमा यो व्याप्त छ । सक्रिय जीवनशैली नअपनाउने सबै समूहका मानिसलाई यो रोग लाग्न सक्छ ।

उपचारका लागि मानिसको पहुँच कस्तो छ ? उपचार कत्तिको महँगो छ ?
हामीकहाँ मृगौला रोग विशेषज्ञको कमी छ । त्यसमाथि अधिकांश राजधानीमा रहने हुनाले उपचारमा प्रभाव परेको छ । क्रमशः सेवा विस्तार हुँदै हाल केही सुधारोन्मुख देखिएको छ । नेपालमा मृगौला बिग्रेपछि गर्ने उपचार महँगो छ । डायलसिस जीवनभरि गराउँदा धेरै खर्च हुन्छ ।
प्रत्यारोपण गर्न एकैपटक ५ देखि १० लाख रुपैयाँसम्म लाग्ने गर्छ । प्रत्यारोपणपछि पनि औषधि खाइरहनुपर्छ, जसका लागि महिनाको १०÷१२ हजार लाग्छ । महँगो भएका कारण अधिकांशा नेपालीले यो उपचार गराउन सक्दैनन् । मृगौलामा लागेको रोगको सुरुमा उपचार गराए कम खर्चमा हुने र कुनै अवस्थामा निको पनि हुने गरेको छ ।

मृगौला बचाउन कस्तो सावधानी अपनाउनुपर्छ ?
शरीर स्वस्थ राख्न गर्ने उपाय नै यसबाट बच्ने उत्तम तरिका हो । दिनको सुरुवात एक गिलास पानीबाट गर्नुहोस् । त्यसैगरी दिनमा कम्तीमा पनि दुई लिटर पानी अनिवार्य पिउनु जरुरी छ । यो रोगबाट बच्न धुम्रपान त्याग्नुपर्छ । जथाभावी औषधि खानु हुँदैन । विशेषगरी दुखाइ कम गर्ने औषधि खानु हुँदैन । जीवनशैली सक्रिय बनाउन दैनिक व्यायाम गर्नुपर्छ । वर्षमा एकपटक पिसाबमा प्रोटिन र रगतमा त्रिएटिनिन परीक्षण गरेर मृगौलाको अवस्था थाहा पाउन सकिन्छ ।
नेपालमा सस्तो र भरपर्दो उपचार कुनकुन अस्पतालबाट पाउन सकिन्छ ?
मृगौला फेल भएकाको उपचारका लागि हाल वीर अस्पताल, शिक्षण अस्पताल, किस्ट मेडिकल कलेज, नेपाल मेडिकल कलेज, पाटन अस्पताल, राष्ट्रिय मृगौला उपचार केन्द्रलगायत धेरै ठाउँमा यसको उपचार गरिन्छ । नेपालमा हाल आएर उपचार सरल र सस्तो पनि छ । तर, जब मृगौला बिग्रिन्छ तब धेरै नै महँगो पर्न जान्छ । औषधिहरु धेरै नै महँगा छन् ।

मृगौला रोगको उपचार कहाँ कहाँ उपलब्ध छ ?
राष्ट्रिय मृगौला उपचार केन्द्र देशको सबैभन्दा ठूलो डायलसिस सेवा प्रदान गर्ने नाफा नकमाई सेवा गर्ने गैरसरकारी संस्था हो ।

काठमाडौंको वनस्थलीमा रहेको राष्ट्रिय मृगौला उपचार केन्द्रमा ४८, ललितपुरको सुमेरु अस्पताल धापाखेलमा १२, तनहुँको दमौलीमा ५, चितवनको रत्ननगरमा ५ र विराटनगरस्थित रामलाल गोल्छा आँखा अस्पतालनजिकमा ५ गरी ७५ वटा मेसिनमार्फत डायलसिस सेवा उपलब्ध छ ।

थप सहयोग जुटेमा यो सेवा अन्य स्थानमा समेत विस्तार गर्ने योजना छ । देशका कुनाकाप्चासम्म यो सेवा पुर्याउने योजनामा सहयोगी हातको खोजीमा छौं ।

‘वर्षमा सय रुपैयाँ खर्च गरे मिर्गौलाको समस्याबाट बच्न सकिन्छ’



हाँडीगाउँका सन्दिप जोशीले आफ्ना बुबालाई मिर्गौलामा समस्या देखिएपछि अस्पताल लैजानु भयो । अस्पतालमा सुरुमा उहाँले आफ्नै खर्चमा बुबाको मिर्गौलाको डायलासिस गर्नुभयो ।एकदुई पटक आफ्नै खर्चमा उपचार गरेपछि मात्रै उहाँलाई थाहा भयो कि मिर्गौलाको डायलासिस निःशुल्क हुन्छ भन्ने । त्यसपछि उहाँले आफ्नो वडाबाट कागजात बनाई मिर्गौलाको डायलासिस निःशुल्क गराउनुभयो ।
जोशीलाई मात्रै होइन धेरैजसोलाई थाहा नै छैन सरकारले मिर्गौलाको डायलासिस दुई वर्षसम्म निःशुल्क गरेको छ भन्ने । राजधानीबासीलाई नै उपचारमा पाउने सेवा सुविधाका बारेमा जानकारी छैन भने ग्रामिण र दुर्गम क्षेत्रका नागरिकको त झन् कुरै नगरौँ ।


‘मिर्गौलाको निःशुल्क डायलासिस हुने थाहा नपाउँदा धेरै बिरामी महंगो रोग लाग्यो भन्दै धेरैजसो बिरामीले उपचार नै गराउँदैनन’ राष्ट्रिय मिर्गौला उपचार केन्द्रका कार्यकारी निर्देशक एवं वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. ऋषिकुमार काफ्ले भन्नुहुन्छ ‘डायलासिस गराउन आएकामध्ये पनि एक तिहाई बिरामीले त उपचारलाई निरन्तरता नै दिँदैनन् ।’ उहाँका अनुसार गाउँदेखि उपचारका लागि शहरसम्म धाउनु पर्ने र त्यो पनि निश्चित ठाउँमा मात्रै डायलासिस हुने भएकाले उपचार प्रभावित भइरहेको छ ।
खान, बस्न र गाडी भाडा लगायतको झन्झटले गर्दा धेरै विपन्न परिवारका बिरामी उपचारमा नै आउँदैनन । एक पटक डायलासिस गर्दा २५ सय देखि ३ हजार रुपैयाँसम्म खर्च हुन्छ । सरकारले दुई वर्षको डायलासिस निःशुल्क गरेको छ ।
कसरी बच्ने ?
सामान्य कुरामा ख्याल गरे मिर्गौलामा देखिने समस्या रोक्न सकिने डा. काफ्लेले बताउनुभयो । धेरैजसो विरामी अस्पताल पुग्दा मिर्गौलामा गम्भीर समस्या देखिसकेको हुने उहाँको भनाई छ ।
के गर्योव भने मिर्गौलाको रोगबाट बच्न सकिन्छ त ? डा. काफ्ले भन्नुहुन्छ, ‘वर्षमा एक पल्ट मात्रै भए पनि स्वास्थ्य जाँच गरौँ । यसो गर्दा धेरै खर्च पनि लाग्दैन । अनि स्वास्थ्यमा अरु रोगको संक्रमण छ छैन भन्ने पनि थाहा हुन्छ । जसले गर्दा रोग लाग्नु अगाबै सावधानी अपनाउन सकिन्छ र रोग लाग्न पाउँदैन ।’मिर्गौलाको परीक्षण गर्दा पिसाब र रगतको जाँच गराउनु पर्छ । सरकारी अस्पतालमा गराउने हो भने धेरै लागे एकसय रुपैयाँ खर्च हुन्छ । अनि निजी अस्पतालमा जचाए डेढ देखि दुईसयमा परीक्षण हुन्छ । वर्षमा एक दुई सय खर्च गर्न गाह«ो र अल्छी मान्दा लाखौँ खर्च गर्नु पर्ने अवस्था आउँछ ।
नेपालमा हरेक वर्ष ३ हजार जनाको मिर्गौला फेल हुने गरेको तथ्याङ्क छ । सन्तुलित खानपान र दैनिक रुपमा स्वास्थय व्यायाम गरे मिर्गौलालाई बचाउन सकिन्छ ।
लक्षण
हात खुट्टा सुन्निनु
पिसाब पोल्नु, पिसाब फेर्न नसक्नु, पिसाब रोकिनु
वान्ता आउने
वाकवाकी लाग्ने
शरीरमा रगतको कमी देखिनु आदी मिर्गौला रोगको लक्षण हुन् ।
रोकथाम
प्रशस्त पानी पिउने
जंक फुडमा जोड नदिने
पोषणयुक्त सन्तुलित खाना खाने
नियमित अभ्यास गर्ने
रोग लाग्नुका कारण

मधुमेह
उच्च रक्तचाप र पिसाबबाट प्रोटिन जानु मिर्गौला रोगका मुख्य कारण हुन् । यी बाहेक मिर्गौलामा पत्थरी, औषधिको जथाभावी प्रयोग, जन्मजात र संक्रमणका कारणले पनि रोग लाग्न सक्ने डाक्टरहरु बताउँछन ।
धेरैजसो पाका उमेरकालाई मिर्गौलामा समस्या देखिने गरेको पाइएपनि अस्वस्थ खानपान र अव्यवस्थित जीवनशैलीले युवा र बालबालिकामा पनि मिर्गौलाको समस्या देखिन थालेको छ । बालबालिकामा प्रशस्त पानी खाने बानी बसाल्न सके पनि रोग लाग्न नपाउने डाक्टरले बताएका छन् ।

कसरी बनाइन्छ स्तन ठूलो र सुन्दर ?



-डा. जसवन शाक्य, मेडिकल डाइरेक्टर, सुषमा कोइराला मेमोरियल अस्पताल
स्तन साना भएकाहरुले सिलिकन राखेर ठूलो बनाउन सकिने उल्लेख गरिएका विज्ञापन पत्रपत्रिकामा पढ्न तथा रेडियोमा सुन्न पाइन्छ । स्तनमा सिलिकन राख्ने भनेको के हो ? कुन उमेरका महिलाले स्तनमा सिलिकन राख्न सक्छन् ? यो राखेपछि स्तन क्यान्सरको जोखिम हुन्छ कि हुँदैन ? बच्चालाई स्तनपान गराउन मिल्छ कि मिल्दैन ? सिलिकन राखेपछि के–के समस्या आउन सक्छन् ?
स्तनलाई महिलाको सुन्दरतासँग जोडेर हेरिने भएकाले यसको साइजलाई लिएर महिलाहरू चिन्तित हुने गरेको पाइन्छ । स्तनको साइज यति नै राम्रो हो भन्ने मानक हुँदैन । विभिन्न देश र फरक–फरक सामाजिक परिवेशअनुसार कतै ठूला स्तन भएका महिलालाई आकर्षक मानिन्छ त कतै साना स्तन भएका महिलालाई सेक्सी मानिन्छ ।


स्तनभित्र सिलिकन राखेर यसको साइज ठूलो देखाउने विधिलाई ‘ब्रेस्ट इम्प्लान्ट’ भनिन्छ । यो बिलकुलै कस्मेटिक कुरा हो । यसले बिग्रेको स्तनको साइजलाई सुन्दर देखाउन मद्दत गर्छ । संसारमा बे्रस्ट इम्प्लान्ट सुरु भएको लामो समय भए पनि नेपालमा एक दशकअघिदेखि ब्रेस्ट इम्प्लान्ट गर्ने सर्जरी हुन थालेको हो । सिलिकन मानिसको शरीरभित्र ‘एड्जस्ट’ भएर बस्ने र कुनै पनि हानी नगर्ने विशेष प्रकारको रबर हो । यो राख्ने साह्रै कमलाई मात्र यसको एलर्जी हुने गर्छ ।

ब्रेस्ट इम्प्लान्ट प्लास्टिक सर्जनले गर्छन् । ब्रेस्ट इम्प्लान्ट गर्दा बेहोस गरेर, स्तनको मुनिपट्टि पाँचदेखि छ सेन्टिमिटरको घाउ पारेर सिलिकन राख्ने गरिन्छ । जसले गर्दा काटेको घाउमा सानो दाग बस्छ । स्तन झुण्डिँदा छोपिने भएकाले यो दाग सजिलै देखिँदैन ।

स्तनको आकारलाई कत्रो बनाउन चाहेको हो, त्यही साइजको सिलिकन स्तनभित्र राख्नुपर्ने हुन्छ । सय सीसीदेखि सुरु हुने सिलिकनको साइज ४ सय ५० सीसी वा त्योभन्दा माथि पनि हुनसक्छ । ४ सय ५० सीसी भनेको निकै ठूलो साइज हो । यो पोर्न फिल्ममा काम गर्ने कलाकारले मात्रै प्रयोग गर्छन् । नेपालमा सयदेखि २ सय ५० सीसी सम्मका सिलिकन स्तनभित्र राखेर साइज बढाउने गरिएको छ ।

१८ वर्ष उमेर पुगेका किशोरीदेखि ४५ वर्ष उमेरसम्मका महिलाले ब्रेस्ट इम्प्लान्ट गर्न सक्छन् । ब्रेस्ट इम्प्लान्ट गरेपछि छ महिनासम्म धेरै शारीरिक अभ्यास, खेलकुद तथा डान्स गर्नु हुँदैन । उमेर ५० वर्ष पुगेपछि भने शरीरमा हुने परिवर्तनसँगै स्तनको छाला पनि चाउरिने तथा स्तन झोलिने कारणले गर्दा इम्प्लान्ट गरिएको सिलिकन निकाल्नुपर्ने हुन सक्छ ।

इम्प्लान्ट गरिएको सिलिकन स्तनको तल्लो भागमा रहन्छ । स्तनको माथिल्लो भागमा बोसो, त्यसपछि मांसपेशी र त्यसभन्दा मुनि इम्प्लान्ट गरिएको सिलिकन बस्छ । इम्प्लान्ट गरिएको स्तनलाई पुरुषले सुमसुुम्याउँदा यौन उत्तेजना पहिलाजत्तिकै आउने र यसले दूध उत्पादनमा केही असर गर्दैन । बच्चालाई मज्जाले स्तनपान गराउन सकिन्छ । इम्प्लान्ट गरिएको सिलिकनले प्राकृतिक स्तनमा भएको मांसपेशी तथा बोसोलाई तलबाट धकेलेर पर्फेक्ट साइजमा देखाइदिने काम गर्छ ।

ब्रेस्ट इम्प्लान्ट गर्ने अपरेसन निकै होशियारीपूर्वक गर्नुपर्छ । यो कालिगढले मूर्ति बनाउँदा ध्यान दिएजस्तै हो । इम्प्लान्ट गर्दा सिलिकन डल्लो प¥यो वा राखेको मिलेन भने यसले समस्या निम्त्याउन सक्छ । इम्प्लान्ट गर्दा चिरेको घाउ पाक्न थाल्यो भने तुरुन्त सिलिकन निकाल्नुपर्ने हुन्छ । एक पटक राखेर निकालिसकेको सिलिकन पुनः प्रयोग गर्न मिल्दैन । कहिलेकाहीँ शरीरले राखेको सिलिकनलाई रिजेक्ट गर्न सक्छ । यस्तो अवस्थामा सिलिकन बसेको वरिपरिको भागको मांसपेशी कडा हुन्छ । यस्तो अवस्थामा सिलिकन निकाल्नुपर्ने हुन्छ । सिलिकन राखेकै कारण स्तन क्यान्सर भएको उदाहरण अहिलेसम्म पाइएको छैन । स्तन क्यान्सर स्तनमा सिलिकन राखेका वा नराखेका दुवै थरी महिलालाई हुने गरेको छ । तर, सिलिकन राखेकै कारण स्तन क्यान्सर भएको वैज्ञानिक अनुसन्धानबाट पुष्टि हुन सकेको छैन ।

युरोप, अमेरिका र भारतमा स्तनमा सिलिकन भर्ने अपरेसन नेपालको तुलनामा निकै महँगो छ । एक पिस सिलिकनको नेपालमा ७० हजार रुपैयाँ पर्छ । नेपालमा दुई लाखमा हुने अपरेसनमा विदेशमा कम्तीमा पाँच लाख रुपैयाँसम्म खर्च हुन्छ ।

यस्ता छन् टाउको दुख्ने कारण


-डा. प्रवीन श्रेष्ठ, कन्सल्ट्यान्ट न्युरोसर्जन, नर्भिक हस्पिटल
‘कस्तो टाउको दुखिरहेको छ’ भन्ने मानिस हाम्रा वरपर प्रसस्त भेटिन्छन् । सायदै मान्छे होलान् जसको कहिल्यै टाउको नदुखेको होस् । टाउको दुख्नुका विभिन्न कारण हुन सक्छन् । कुनै कारण सामान्य हुन्छन् त कुनै जटिल । ‘टाउको दुखेको त हो नि’ भनेर लापरबाही कहिल्यै नगर्नु होला ।

कहिलेकाहीँ तनावले टाउको दुख्नु सामान्य नै हो । तर, टाउको दुख्ने समस्यालाई सधैँ सामान्य ठानेर बस्दा यसले पछि जटिल समस्या पनि निम्त्याउन सक्छ । सामान्य रूपको टाउको दुखाइको समय परिवर्तन हँुदै गयो भने चिकित्सकको सल्लाह लिनुपर्छ । जस्तै, बिहान मात्र दुख्ने टाउको बेलुका पनि दुख्न थाल्यो, कम दुख्ने टाउको बढी दुख्न थाल्यो भने सावधानी अपनाउनुपर्छ । निरन्तर टाउको दुख्ने समस्या छ भने पछि गएर ब्रेनमा पानी जम्ने, ट्युमर पलाउने, रगत जम्ने सम्भावना उमेरअनुसार बढ्दै जान्छ ।

उच्च रक्तचाप, मधुमेह, उच्च कोलेस्टेरोल भएका बिरामीले टाउको दुखाइमा विशेष सावधानी अपनाउनुपर्छ । टाउको दुखाइ मात्र हो कि सँगसँगै अन्य समस्या पनि छन् भन्नेमा ध्यान दिनुपर्छ । जस्तै, कोही टाउको दुखाइसँगै बेहोस हुने गर्छन्, त्यो समस्या जटिल हुन सक्छ । बेहोस हुनका पनि विभिन्न कारण हुन्छन् । कतिपय सामान्य बेहोसी हुन्छन् । तर, कतिपय अवस्थामा टाउको दुखाइको असरले बेहोस हुने पनि हुन्छन् । केही मानिस टाउको दुखाइ सहन नसकेर बेहोस हुन्छन् भने कोही ब्रेन ट्युमर, रगत जमेर, पानी जमेर बेहोस हुने गर्छन् । छारेरोगमा पनि टाउको दुखाइ हुन्छ । छारेरोगको उपचारपछि टाउको दुखाइ पनि ठिक हुन्छ ।



नशाको रोगका कारण पनि टाउको दुखाइ हुने गर्छ । नशा सम्बन्धी समस्या लिएर आउने ५० प्रतिशत बिरामीलाई टाउको दुख्ने समस्या हुन्छ । टाउको दुखाइका विभिन्न कारणमध्ये सबैभन्दा बढी देखिने कारण चाहिँ तनाव हो । तनावका कारण हुने टाउको दुखाइ खासगरी मानसिक तथा शारीरिक धपेडीले हुन्छ । हरेक मानिसका आफ्ना समस्याअनुसारको तनाव हुन्छ । तनावको उपचार दुई तरिकाको गर्न सकिन्छ । एक, बिरामी आफैँले र अर्को चिकित्सकीय । बिरामीले आफैँ प्रयास नगरेसम्म चिकित्सकको एकल प्रयासले तनाव ठिक हुँदैन । तनाव हुने व्यक्तिले सर्वप्रथम तनाव कम गर्नुपर्छ । तनाव बढी भए शरीरलाई पनि असर गर्छ ।

टाउको दुखाइको अर्को कारण माइग्रेन हो । टाउकोमा एक किसिमको नशाको कमजोरीका कारण माइग्रेन हुन्छ । माइग्रेनमा अकस्मात टाउको दुखाइ सुरु भएर घन्टौँ वा लगातार केही दिनसम्म दुख्ने हुन्छ । र, दुखाइ विस्तारै कम हँुदै जान्छ । हर्मोनको अस्थिरताले गर्दा माइग्रेन पुरुषमा भन्दा बढी महिलामा देखिन्छ । हर्मोनको मात्रा पुरुषमा भन्दा महिलामा बढी असन्तुलित हुने हँुदा महिलामा माइग्रेन धेरै देखिएको हो । १०–१२ वर्षपछि महिलामा शारीरिक परिवर्तन सुरु हुन्छ, त्यसपछि महिनावारी हुन्छ । महिनावारी र गर्भवतीको समयमा हर्मोन परिवर्तन हुन्छ । त्यसैगरी, बच्चा जन्मिएपछि पनि हर्मोन परिवर्तन हुन्छ । यसै क्रममा ४०–४५ वर्षपछि महिनावारी सुक्ने समयमा पनि हर्मोन परिवर्तन हुन्छ । हर्मोन परिवर्तन भइरहने हुनाले महिलामा माइग्रेन बढी देखिएको हो । प्रायः माइग्रेनका बिरामीले एक महिना औषधी सेवन गरेपछि ठिक भएको महसुस गर्छन् र औषधि बन्द गर्छन् । यसले टाउको दुखाइ बल्झिन सक्छ । त्यसैले नियमित औषधि सेवन माइग्रेनबाट बच्ने एकमात्र उपाय हो ।

कहिलेकाहीँ रुघाखोकी, ज्वरो, पिनासका कारण पनि टाउको सामान्य दुख्ने गर्छ । यस्तो दुखाइ साधारण र खतरा नभएकाले सामान्य उपचारपछि ठिक हुन्छ । यी बाहेक शरीरको अन्य कुनै भागको असरका कारण पनि टाउको दुख्न सक्छ, जसलाई सेकेन्डरी टाउको दुखाइ भनिन्छ । जुनै कारणले पनि टाउको दुखेको हुन सक्छ । तर, समस्या बल्झिँदै गएपछि त्यसले जटिलता थप्नेबाहेक केही गर्दैन । सामान्य उपचारपछि टाउको दुखाइ कम भएन भने चिकित्सकको सल्लाह लिनु नै उचित हो । त्यसैले टाउको दुखाइको क्रम दोहोरिने वा बढ्ने भयो भने तत्काल चिकित्सकको सल्लाह लिएर निदानतर्फ लाग्नु नै बुद्धिमानी हुन्छ ।


किन हुन्छ स्तनको आकार फरक–फरक ?

बेलायतको एक पहिरन उत्पादन कम्पनी डिभेनहाम्सले हरेक वर्ष महिलाले लगाउने ब्रा तथा पेन्टीहरुको आकारको बारेमा सर्वेक्षण गर्छ । आम महिलाले सानो, मझौला वा ठूलो मध्ये कुन प्रकारको ब्रा र पेन्टी लगाउँछन् भन्ने जान्नका लागि यस कम्पनीले यस्तो सर्वेक्षण गर्दै आएको छ । उदाहरणको लागि सन् २००८ को एउटा सर्वेक्षणले बेलायती महिलामाझ ‘पुस अप’ ब्रा निकै लोकप्रिय रहेको देखाएको थियो । सन् २०१२ को एक सर्वेक्षण अनुसार आजभोलीको महिलाको स्तन बढेको भन्दै सोही अनुरुपको ब्रा बनाएको थियो ।
डिभेनाहाम्सका नियमित ग्राहकमाझ ब्राको आकार सन् २०१० देखि नै बढेको छ । किनकी त्यतिबेला नै ब्राको आकार ३४बीको आकारबाट ३४ डी मा पुगेको थियो । त्यसो त स्तन र ब्राको विषयमा एउटा कम्पनीको सर्वेक्षणलाई मात्र आधिकारिक वा विश्वासिलो मान्न सकिदैन ।


तर, अन्य केही तथ्यांकहरुलाई विश्लेषण गर्दा यो बुझ्न करै लाग्छ कि, पछिल्ला वर्षहरुमा पश्चिमेली महिलाका स्तनहरुको आकार भने बिस्तारै ठूला र पुटुक्क देखिन थालेका छन् । आकर्षक स्तन देखिनु वंशाणुगत उपहार हो वा ब्राको चमत्कार हो यसको जबाफ विज्ञहरुले नै देलान् । तर, कस्मेटिक सर्जरीकै कारणले पश्चिमा महिलाको स्तन ठूलो भएको भने अवश्य होइन ।

सन् १९८३ मा महिलाहरुको भित्री पोसाक निर्माता अर्को कम्पनी प्लेटेक्सले सर्वाधिक विक्री हुने ब्राको आकार ३४ बी बाट ३६ बी पुगेको रिर्पोट गर्यो । केही वर्षपछि औषत अमेरिकी महिलाको कप साइज ३६ सी पुगेको बताइयो । अनि बिस्तारै महिलाहरु ठूला ठूला ब्रा प्रति मोहित हुन थाले ।
ठूलो ब्रा लगाउनुका पछाडि विभिन्न तत्वले भूमिका खेलेको बताइन्छ । जस्तैः महिलाको कम्मरमा बृद्धि, फिटिङ ब्रा प्रतिको बढ्दो मोह र ब्रा निर्माता कम्पनीमा स्टार्डन्ड साइजको अभाव इत्यादि ।
जहाँसम्म स्तनको आकारको सवाल छ, यसमा विभिन्न तत्वले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । जस्तै तौल परिवर्तन, औषधी, गर्भवती अवस्था र मासिक धर्मको अवस्था यी सबैले स्तनको आकार बढाउन र घटाउन महत्वपूर्ण भूमिका खेलेको हुन्छ । तरपनि स्तनको आकारलाई सातओटा वंशाणुगत संकेतले निर्देशित गर्ने बताइन्छ ।
हरेक महिलाले आफ्नो अभिभावकको जीनबाट ब्रासँग सम्बन्धित डीएनको अद्धितीय सेट प्राप्त गरेको हुन्छ । स्तनको स्वरुप सामान्यता सबै महिलाहरुमा उस्ताउस्तै भएपनि यसको आकार महिलैपिच्छे फरक मात्र होइन स्तनपिच्छे फरक हुन्छ ।
महिलाहरको यौन अंग विकसित भएपछि महिला सेक्स हर्मन (इस्ट्रोजिन)ले महिलाको प्रारम्भिक स्तन विकासमा सहयोग पुर्याउँछ । बिस्तारै स्तनको मुन्टामा हल्का बृद्धि हुन्छ । तर, दुबै स्तनले एउटै खालको हर्मन नपाउन पनि सक्छन् । जसका कारण एउटा स्तन अर्को भन्दा तुलनात्मक रुपमा ठूलो हुन्छ । किशोरावस्थामा देखिएको स्तनको आकारको असन्तुलन प्रौढ अवस्थामा पनि देखिन्छ । कम्तिमा पनि २५ प्रतिशत महिलाको एकातिरको स्तन सानो हुन्छ ।
स्तनको आकार ठूलो वा सानो बनाउने जीनबारे अनुसन्धानकर्ताहरुले वृहत विवरण पत्ता लगाइरहेकै बेला स्तनको असन्तुलित आकारले उचित ब्रा कप खोज्न झन्झटबाट मुक्त पाउने विश्वास गरिएको छ ।

माछा खानु राम्रो कि मासु खानु ?



पौष्टिक दृष्टिकोणले माछा–मासु पोषिलो खाना हो । तर, आवश्यकभन्दा बढी खाएमा यसले स्वास्थ्यमा नकारात्मक असर पार्न सक्छ ।स्वस्थ व्यक्तिले पनि कस्तो प्रकारको मासु कति खाँदा उपयुक्त हुन्छ भन्ने कुरामा विचार पु¥याउनुपर्छ । झन् उच्च कोलेस्टेरोल, उच्च रक्तचाप, युरिक एसिड र मुटुसम्बन्धी समस्या भएकाहरूले मासु खाँदा धेरै सावधानी अपनाउनुपर्ने हुन्छ ।
साधारणतयाः मासु प्रोटिनको राम्रो स्रोत भए पनि कोलेस्टेरोल, चिल्लो पदार्थ, ट्राइग्लिसिराइड पनि प्रसस्त हुने भएकाले सन्तुलित रूपमा उपभोेग गर्न नसकेमा स्वास्थ्य समस्या सृजना हुन सक्छ ।
रातो मासु अर्थात् खसी–बोका, राँगा, बँदेल, भेँडा आदिको मासुमा प्रोटिनका साथै ‘फ्याटी एसिड’ पनि प्रसस्त मात्रामा हुन्छ । मासुमा भएको कोलेस्टेरोलले भन्दा फ्याटी एसिडले बढी खराब गर्छ । किनकि शरीरभित्र फ्याटी एसिडसँग कोलेस्टेरोल मिलेपछि मात्र खराब चिल्लो पदार्थ बन्छ । त्यसैले मासु खाँदा चिल्लोमा विशेष ध्यान दिनुपर्छ । वयष्क तथा वृद्धहरूमा साधारणतया बढी स्वास्थ्य समस्या देखिने हुनाले रातो मासु खाँदा विशेष सावधानी अपनाउनुपर्ने हुन्छ ।
कतिपय समुदायले सांस्कृतिक प्रचलन र धार्मिक मान्यता अनुसार रातो मासुलाई नै विशेष प्राथमिकता दिएका हुन्छन् । यस्तो स्थितिमा सकेसम्म कम परिमाण प्रयोग गर्नुपर्छ । मासु कम खाने र पकाउने विधिमा समेत विचार पु¥याउनुपर्ने हुन्छ । सकेसम्म आँखाले देखिने चिल्लो वा बोसो निकालेर थोरै मात्र तेलको प्रयोग गरी पकाउनु राम्रो हुन्छ । ‘ग्रिल्ड’, ‘बेक’ वा उसिनेर पकाउँदा चिल्लो पदार्थको परिमाण कम हुन सक्छ ।

यसैगरी, विभिन्न अङ्गका मासु (मुटु, कलेजो, मृगौला, फोक्सो आदि) पनि मासुको परिकारका रूपमै प्रयोग गरिन्छ । यी अङ्गका मासुमा कोलेस्टेरोलको साथै भिटामिन ‘ए’, ‘डी’, ‘ई’ र केही मात्रामा भिटामिन ‘बी’ पाइन्छ । तामा, लौहतत्व, जिङ्क जस्ता खनिजतत्व पनि यी अङ्गमा प्रसस्त मात्रामा पाइन्छ । कलेजो फलामको राम्रो स्रोत भए पनि यसमा रासायनिक पदार्थहरू फोहरका रूपमा जम्मा हुने भएकाले सकेसम्म कलेजो उपभोग नगर्दा राम्रो । यस्तै, रातो मासु हाली बनाएको ससेज जस्ता परिकारलाई लामो समय संरक्षण गर्न रसायन (प्रिजरभेटिभ) राखिने भएकाले यस्ता मासुका परिकार खानाले क्यान्सरको सम्भावना हुनसक्ने कुरा अध्ययनले देखाएको छ । रातो मासु प्रोटिनको स्रोत भए पनि स्वास्थ्यका दृष्टिले त्यति उपयुक्त नभएको हुँदा कहिलेकाहीँ थोरै परिमाणमा मात्र खानु राम्रो हुन्छ ।


सेतो मासु भन्नाले कुखुरा, हाँस, विभिन्न चराचुरुङ्गीको मासु भन्ने बुझिन्छ । यस प्रकारको मासु प्रोटिनको उत्तम स्रोत हुनुका साथै रातो मासुको दाँजोमा चिल्लो पदार्थ कम हुन्छ । चराको प्रकार, कुन अङ्गको मासु र पकाउने विधिअनुसार चिल्लोको मात्रा फरक–फरक हुन्छ । टर्कीको छातीको छाला नभएको मासुमा १८ प्रतिशत चिल्लो हुन्छ भने सोही भागको कुखुराको छालारहित मासुमा २४ प्रतिशत चिल्लो हुन्छ । यसैगरी, छालासहित कुखुराको खुट्टा, पँखेटा, साँप्रोमा चिल्लो पदार्थ, कोलेस्टेरोल र क्यालोरीको मात्रा बढी हुन्छ । कम मात्र चिल्लो प्रयोग गरी पकाउँदा र छाला निकाल्दा ‘तृप्त फ्याटी एसिड’ कम हुन्छ । ग्रिल, बेक गरी मासु पकाएको छ भने खानेबेला मात्र छाला निकाल्दा राम्रो हुन्छ । यस्तै, कुखुरा तथा अन्य चराचुरुङ्गीको मासु प्रयोग गरी बनाएको ससेज, हटडग पनि स्वस्थकर हुँदैनन् ।
चराचुरुङ्गीको प्रकार अनुसार पनि चिल्लोको प्रतिशत फरक–फरक हुन्छ । कुखुरा र टर्कीको मासुमा झन्डै त्यति नै चिल्लो हुन्छ भने हाँस तथा यस्तै खालका चराको मासुमा चिल्लो बढी हुन्छ । जबकि अस्ट्रिच र परेवाको मासुमा चिल्लो, कोलेस्टेरोल र क्यालोरी कम हुन्छ । रातो मासुको दाँजोमा यस प्रकारका मासुमा फ्याटी एसिड कम हुने भएकाले उपयुक्त पकाउने विधि छनोट गर्न सके स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । सफा वातावरणमा उत्पादन भएका चराचुरुङ्गीको मासु उपभोग गर्न सके मासुबाट स्वास्थ्यमा पर्ने नकारात्मक असरबाट जोगिन सकिन्छ ।
पौष्टिक र स्वास्थ्यका दृष्टिले मासुभन्दा माछा झन् पोषिलो हुन्छ । सकिन्छ भने, हप्ताको दुईचोटि खानामा माछा समावेश गर्दा राम्रो हुन्छ । यसमा चिल्लो तथा तृप्त फ्याटी एसिडको परिमाण कम हुनुका साथै प्रोटिन र भिटामिनजस्ता अति आवश्यक तत्वहरू प्रसस्त हुन्छ । खासगरी,यसमा भिटामिन बी–१, बी–३, बी–६ र भिटामिन ‘डी’ प्रसस्त हुनुका साथै फस्फोरस, आयोडिन, सेलिनियम, पोटासियमजस्ता खनिज तत्व पनि हुन्छन् । यसबाहेक अति आवश्यक तत्व ओमेगा–३ फ्याटी एसिड पनि हुन्छ ।
माछा र ओमेगा–३ फ्याटी एसिड
केही माछामा कोलेस्टेरोलको मात्रा बढी हुने भएकाले प्रायः खानामा संलग्न गरिँदैन । तर, कोलेस्टेरोलको मात्रा धेरै भए पनि फ्याटी एसिडको मात्रा कम हुने भएकाले माछालाई सधैँ बार्नु पर्छ भन्ने हुँदैन । यस्तै, माछा पखाल्दा, काट्दा तथा पकाउँदा सावधानी अपनाउन सके हानिकारक कीटाणु नष्ट हुन्छन् । माछा प्रोटिन, भिटामिन र खनिज पदार्थको उत्तम स्रोत हुनुका साथै यसमा पाइने स्वस्थकर चिल्लो पदार्थ ओमेगा–३ फ्याटी एसिडले रगतमा राम्रो कोलेस्टेरोल बढाउँछ ।
ओमेगा–३ फ्याटी एसिडले खराब कोलेस्टेरोल र ट्राइग्लिसिराइडको परिमाण कम गर्ने भएकाले मुटुसम्बन्धी समस्यालाई कम गर्न मद्दत गर्छ । यसबाहेक ओमेगा–३ फ्याटी एसिडले आइथ्राइटिसको समस्यालाई पनि कम गर्छ । ठूलो र मोटो खालको माछामा फ्याटी एसिड बढी हुन्छ भने सानो र मसिनो माछामा कम हुन्छ । नियमित रूपमा माछा खाने मानिसलाई मुटु सम्बन्धी रोगको सम्भावना कम हुन्छ ।





श्रोत : स्वास्थ्य खबरपत्रिका

तौल घटाउने २५ तरिका

तौल घटाउने २५ तरिका
१, धैर्य गर्नुहोस्–तपाईंको तौल एक दुई दिन या महिना दिनको परिणाम होइन, यो त लामो समयदेखि चल्दै आइरहेको तपाईंको जीवनशैलीको नतिजा हो । यदि तौल कम गर्नु छ भने धैर्य गर्नुहोस् । बेन्जामिन फ्र्यांकलिनले भनेका छन्, ‘जोसंग धैर्य हुन्छ, चाहेको कुरा पाउन सक्छ’ । तौल घटाउन पनि समय लाग्छ । शुरुको एक दुई हप्ता तपाईंको तौलमा कुनै अन्तर नआउन पनि सक्छ, तर, यसो भयो भन्दैमा धैर्य गुमाउनु हुँदैंन, केही समय पर्खनुहोस्, विस्तारै तौल घट्दै जानेछ ।
२, आफ्नो प्रयासमा विश्वास गर्नुहोस् – तौल घटाउन आफूले गरेको प्रयासप्रति विश्वास गर्नुहोस् । यदि तपार्इं दैनिक जीम गैरहनुभएको छ, तर, तपाईं जीम गएपनि केही फाइदा छैन भन्नुहुन्छ भने तपाईंको अचेतन मनले पनि त्यही कुरा मान्छ र त्यसबाट तपाईंलाई केही फाइदा हुँदैंन । त्यसैले आपूmमा परिवर्तन ल्याउनुछ भने सकारात्मक सोच राख्नुहोस् र आफ्नो प्रयासमा विश्वास गर्नुहोस् ।
३, दृश्यांकन गर्नुहोस्– तपाईं कस्तो देखिन चाहनुहुन्छ, आफूलाई त्यस्तै गरी कल्पना गर्नुहोस् । सक्नुहुन्छ भने कोठाको भित्ता या कम्प्युटर स्क्रीनमा त्यस्तो फोटो राख्नुहोस्, जस्तोे तपाईं देखिन चाहनुहुन्छ । जसबाट तपाईंको लक्ष्य प्राप्ति सम्भव हुन सक्छ ।
४, नाश्तापछि पानीलाई मुख्य ड्रिंक बनाउनुहोस्– नास्ताको बेला सुन्तलाको रस, चिया, दूध लिन सकिन्छ, तर, त्यसपछि दिनभर पानीमात्र प्रयोग गर्नुहोस्, कोल्ड ड्रिंक छुँदा पनि नछुनुहोस् र चिया कफीमा पनि नियन्त्रण राख्नुहोस् । यसबाट तपाईंले दैनिक करिब २ सय ५० क्यालोरी कम गर्नु सक्नुहुनेछ ।
५, पेडोमिटरको प्रयोग गर्नुहोस्– पेडोमिटर एक यस्तो यन्त्र हो, जसले तपाईंको हरेक हिडाईंको गन्ति गर्छ । यसलाई आफ्नो बेल्टमा लगाउन सकिन्छ र हरेक बिहान १ हजार पाइला थप चाल्न प्रयास गर्नुहोस् । अधिक तौल भएको मानिसले दिनभरमा दुई देखि तीन हजार पाइलामात्र चाल्न सक्छ । यदि यसमा २ हजार पाइला बढी चाल्यो भने तौललाई स्थिर राख्न सकिन्छ ।
६, डायरी बनाउनुहोस्–जे खाइन्छ, त्यसलाई डायरीमा उतार्ने बानी गर्नुहोस् । अध्ययनका अनुसार डायरी बनाउनेले अन्य मानिसभन्दा १५ प्रतिशत कम खान्छन् ।
७, कति क्यालोरी खानुहुन्छ त्यसमा १० प्रतिशत थप्नुहोस् – यदि तपाईं दैनिक १८०० क्यालोरी भएको खाना लिनुहुन्छ, तर, तौल नियन्त्रण भएको छैन भने तपाईं आफ्नो क्यालोरीको गलत अनुमान लगाईरहनुभएको छ । तपाईंले आफ्नो अनुमानित क्यालोरीमा १० प्रतिशत थप्नुहुन्छ भने अनुमान बढी मिल्न सक्छ । जस्तै १८०० क्यालोरीमा १० प्रतिशत अर्थात् १ सय ८० थपेर १९८० क्यालोरी लिन सक्नुहुन्छ ।
८, तीत पटक हैन, ४–५ पटक थोरै थोरै खानुहोस– दक्षिण अफ्रिकामा भएको एक अध्ययनले के देखाएको छ भने बिहान, दिउँसो, बेलुकी खानुको सट्टा ५–६ पटक थोरै थोरै खाने मानिसले ३० प्रतिशत कम क्यालोरी उपभोग गर्छ । दिनको धेरैपटक खाँदा शरीरले कम इन्सुलिन निकाल्छ जसले ब्लड सुगरलाई सही राख्छ र भोक पनि कम लाग्छ ।

९, दैनिक ४५ मिनेट हिड्नुहोस्– दैनिक ३० मिनेट टहलिनाले तपाईंको शरीरमा तौल बढ्न पाउँदैंन, यदि तौल घटाउन चाहनुहुन्छ भने कम्तीमा पनि ४५ मिनेट टहलिनुस् । यसो गर्ने भने खानपानमा परिवर्तन नल्याइकन पनि तपार्ई एक वर्षमा कम्तीमा पनि १५ किलो तौल घटाउन सक्नुहुनेछ । तर, टहलिने काम भने बिहानको स्वच्छ हावामा गर्नुपर्छ । यसका लागि बिहान सबेरै उठ्ने बानी बसाल्नुस् ।
१०, निलो रंगको बढी प्रयोग गर्नुहोस्– निलो रंगले भोक कम गर्छ, यहीकारण रेष्टरेन्टहरुमा यसको प्रयोग कम हुन्छ । यस्तै, खाना खाँदा निलो प्लेट प्रयोग गर्नुहोस्, टेबलमा निलो कपडा प्रयोग गर्नुहोस् ।
११, आफ्नो पूरानो कपडा दान दिनुहोस्– यदि तपार्इंले तौल घटाइसक्नु भएको छ भने आफ्ना पूराना ठिक नभएका कपडा दान दिनुहोस् । यसो गर्नाले एक त तपाईंलाई दान दिन पाएकोमा आत्मसन्तुष्टि हुनेछ भने अर्कोतिर फेरि मोटाएमा कपडा किन्नुपर्नेछ भनेर तपाईं तौल नियन्त्रणमा उत्प्रेरित हुन सक्नुहुनेछ ।
१२, खाना खान सानो प्लेट प्रयोग गर्नुहोस्– अध्ययनका अनुसार जति भोक लागेपनि यदि तपाईंको अगाडि थोरै खाना राखिएको छ भने थोरै खानुहुनेछ र धेरै खाना राखिएको छ भने धेरै खानुहुनेछ । त्यसैले कम खाना खान सानो थालमा थोरै खाना राखेरै खानु उपयुक्त हुनेछ । चिया कफीका लागि पनि सानो कप नै प्रयोग गर्नुपर्छ ।
१३, खाना खाने ठाँउमा ऐना लगाउनुहोस्– के पनि भनिन्छ भने यदि खाना खाने ठाउँमा ऐना लगाउने भने मानिस आफ्नो शरीर देखेरै तौल कम गर्नतिर लाग्छ ।
१४, पानी बढी भएको खाना खाने– पेल्सिभेनिया स्टेट युनिभर्सिटीमा भएको एक अध्ययनले के पाइएको छ भने गोलभेंडा, लौकाजस्ता कुरा खानाले क्यालोरी कम हुन्छ ।
१५, कम चिल्लो भएको दुध प्रयोग गर्ने– चिया, कफी बनाउँदा या दूध पिउँदा कम चिल्लो भएको दुध मात्र प्रयोग गरौं, यस्तो दुधमा क्याल्सियम बढी र क्यालोरी कम हुन्छ ।
१६, ९० प्रतिशत खाना घरमै खाऔं– सकेसम्म घरमै खाने बानी बसालौं । बाहिरको खानामा बढी चिल्लोपदार्थ र बढी क्यालोरी हुन्छ, यसबाट बच्नुपर्छ ।
१७, बिस्तारै खानुहोस्– बिस्तारै खाँदा तपाईंको दिमागले पेट भरिएको संकेत पहिल्यै गर्नेछ र तपाईंले कम खानुहुनेछ ।
१८, भोक लागेपछि मात्र खानुहोस्– हामी भोकै नलागी त्यत्तिकै पनि खान्छौं, कतिपय मानिसहरु बोर लाग्दा, नर्भस हुँदा या बानी लागेका कारण पनि त्यत्तिकै खान्छन् । तर यसो गर्नु ठीक होइन, वास्तवमै भोक लागेपछि मात्र खानुहोस् ।
१९, जूसको सट्टा फल खानुहोस्– जूसको सट्टा फल खानुहोस्, फलले जुसको तुलनामा भोक पनि कम गर्नेछ र अन्य खाना कम खानुहुनेछ ।
२०, बढी हिड्नुहोस्– जति बढी हिड्नुहुन्छ, उति बढी तपाईंको क्यालोरी खर्च हुन्छ । लिफ्टको ठाँउमा सिढीको प्रयोग गर्नुहोस्, वरिपरीका ठाउँमा पैदलै हिड्नुहोस्, अन्यत्र सम्भव नभएपनि कमसेकम दिनको एकदुईपटक छतको चक्कर मार्नुहोस् ।
२१, हप्तामा एकपटक कुनै ग¥हौं काम गर्नुहोस्– हप्तामा कम्तीमा पनि एकपटक ग¥हौं काम गर्नुहोस्, जस्तो कि आफ्नो बाइक वा कार आफैं धुन सक्नुहुन्छ, बच्चाको साथमा घुम्न जान सक्नुहुन्छ, आफ्नो जीवनसाथीलाई घरको काममा सहयोग गर्न सक्नुहुन्छ ।
२२, साँझ कम खानुहोस्– अध्ययनका अनुार तपाईं जति बढी दिनको समयमा खानुहुन्छ, रातको समयमा उतिनै कम खानुहोस् । तपाईंले दिउँसो खाएको खानाको क्यालोरी रातको समयमा खर्च हुने सम्भावना बढी हुन्छ ।
२३, नाच्नुहोस्– समय पाउनेबित्तिकै र अवस्थाले साथ दिएसम्म गीत बजाएर नाच्नुहोस्, यसो गर्दा तपाईंलाई मनोरन्जनका साथै क्यालोरीपनि खर्च हुन्छ । यदि नृत्यलाई रुटिन बनायो भने झन् बढी राम्रो हुन्छ ।
२४, कागती र मह प्रयोग गर्ने– हरेक बिहान हल्का मनतातो पानीमा कागती र मह मिसाएर सेवन गर्नाले तौल कम हुन्छ ।
२५, दिउँसो खाना खानुअघि ३ गिलास पानी पिउने– यस्तो गर्नाले भोक कम लाग्छ । यदि तपाईं तौल घटाउन चाहनुहुन्छ भने भोक लागेको बेलामा केही थोरै खानाले लाभ मिल्छ ।
-स्वास्थ्य खबरपत्रिका


श्रोत : स्वास्थ्य खबरपत्रिका

यसकारण छाड्नुहोस् कान कोट्याउने बानी

मानिसहरु कान सफा गर्नुलाई सहज र आनन्ददायक उपाय ठान्छन् । त्यस्तै केही मानिसहरुले कान कोट्याउनुलाई परम्परागत सोचेर सेफ्टी पिन, हेयर पिन, एयरबड आदिले कान कोट्याउँछन् । सडकमा पनि कान कोट्याउनका लागि उपकरणहरु फूटपाथमै किन्न पाइन्छन् । तर, यि तमाम विषयहरुसँगै कान कोट्यादाँ तपाईलाई फाइदा हुन्छ वा बेफाइदा भन्ने प्रश्न उत्तिकै महत्वपूर्ण छ । प्राय डाक्टरहरु कान सफा गर्नु आवश्यक नरहेको बताउँछन् किनकी उनीहरुको कान आफैँ सफा हुने अंग हो । कानकोे इन्फेक्सनबाट जोगाउन कानेगुजी बनेको हुन्छ ।


कान आफैँ सफा हुने अंग हो । यसका लागि सफाई आवश्यक छैन् । तर कहिलेकाँही कान सुख्खा हुदाँ वा दुख्दा वा इन्फेक्सनको कारणले खराब हुदाँ चिकित्सकको सल्लाह लिनुपर्ने हुन्छ । यदी कानमा कानेगुजी भरिएको छ भने यसलाई कसरी हटाउने भनेर डाक्टरसँग सल्लाह लिन विज्ञहरु सुझाव दिन्छन् । डाक्टरले दिएको केही थोपा औषधी प्रयोग गरेर यसलाई हटाउन सकिन्छ ।



कस्तो अवस्थामा डाक्टरको सल्लाह लिने ?
प्राय कानेगुजीले कानमा इन्फेक्सन कम गर्छ । तर कहिलेकाँही कानमा दुख्यो भने, राम्रोसँग सुन्न छाडियो भने, कानमा हावा भरिएजस्तो भयो भने, कानमा कराएजस्तो भयो चिकित्सको सल्लाह लिनुपर्ने हुन्छ । यस्तो अवस्थालाई ख्याल राख्नुभएन वा ख्याल गरेर पनि समयमा चिकित्सकलाई देखाउनु भएन भने इन्फेक्सनसहित अन्य विभिन्न समस्याहरु देखिन्छन् । कहिलेकाँही कानै नसुन्न अवस्था समेत आउनसक्छ ।

तर यदी तपाई आफैँ कान कोट्याउन र यसलाई सफा गर्न चाहनुहुन्छ भने यि कुराहरु ध्यान दिनुहोस् । तपाईको कान तीन भागमा बाडिँएको हुन्छ । बाहिरी भाग, भित्रि भाग र झनै भित्री अर्थात इनर इयर । यसमध्ये बाहिरी भाग सबैले देख्ने भाग हो । यसलाई तपाई सफा कपडाले पुछ्न सक्नुहुन्छ । भित्री भागमा कानेगुजी हुन्छ । यो भागको छाला संवेदनशिल हुन्छ । यसको भित्री भागमा इयर ड्रम अर्थात सुन्ने कुरा हुन्छ । राम्रोसँग सफा नगर्दा भित्री भागमा असर पर्नसक्छ । खराबीले तपाईको सुन्ने क्षमतामा मात्रै कमी ल्याउँदैन, भित्री भागमा इन्फेक्सन समेत बढाउन सक्छ ।

त्यसैले सेफ्टीपिना, हेयर पिन, सलाईको काँटी, पिन वा प्वाख लगायतका वस्तु प्रयोग नगर्नुहोस् । यस्ता वस्तुले राम्रो गर्नेभन्दा खराबी गर्ने काम धेरै गर्छ । चिकित्सकहरुका अनुसार यसरी कान कोट्याउँदा कानेगुजी निस्केभन्दा पनि भित्रसम्म कानेगुजी पस्ने धेरै हुन्छ । त्यसैले बाटामा कान कोट्याउन सामाग्री वा अन्य पिनहरु प्रयोग नगर्नुस् । कटनले कान सफा गर्ने काम पनि नगर्नुहोस् किनकी यसले पछि समस्यामा पार्न सक्छ ।

श्रीमतीलाई कसरी सन्तुष्ट पार्ने ?



दाम्पत्य जीवनलाई हरिलोभरिलो, सुखी र सुन्दर बनाउन सेक्सको महत्वपूर्ण भूमिका हुन्छ । सेक्स अर्थात् सम्भोग । सम्भोग अर्थात् समान सहकार्य, समान साथ र समान संलग्नतामा सम्पन्न हुने क्रिया । हाम्रोजस्तो पुरुषप्रधान समाजमा श्रीमान्हरू सेक्स भनेको केवल आफूले आनन्द लिने विषय ठान्छन् । उनीहरू बिर्सन्छन् कि श्रीमतीको पनि आनन्द लिने र सन्तुष्ट हुने अधिकार हुन्छ । सेक्समा महिला र पुरुषको समान सक्रियता भएन भने कि त त्यो बलात्कार हुन्छ, कि त एउटा खल्लो यौनजन्य कार्य । महिला र पुरुषका गोप्य अंगहरूको सम्पर्कमात्र सेक्स होइन । दुवैले समान आनन्द पाएनन् भने त्यो सम्भोग रहँदैन । भनिन्छ, सेक्स ९० प्रतिशत मानसिक र १० प्रतिशत शारीरिक प्रक्रिया हो ।

यो कला हो, अनुष्ठान हो । जिन्दगीका आधारभूत र प्रमुख रस तथा सुन्दरतामध्ये एक हो । सेक्स पुरुषत्व या पुंसकत्व देखाउने माध्यम कदापि होइन । बेडरुम युद्धभूमि होइन, प्रेमभूमि हो । दुईचार मिनेटको शारीरिक घर्षणपछि थकित भएर निदाउनु र श्रीमतीलाई अतृप्त छोड्नुले तपाईंलाई न असल श्रीमान् बनाउँछ, न कहिल्यै तपाईंले सम्भोगको सम्पूर्ण आनन्द लिन सक्नुहुन्छ । सेक्सको शतप्रतिशत आनन्दका लागि जरुरी छ– तपाईंकी श्रीमतीको सन्तुष्टि । त्यसका लागि यी केही टिप्स उपयोगी हुन सक्छन् ।

–प्राक्क्रीडा लामो गर्नुहोस्
प्राक्क्रीडा (फोरप्ले) लामो भयो भने महिला सम्भोगका लागि पूर्ण रूपमा तयार हुन्छन् । हतार नगर्नुहोला । श्रीमतीका एक–एक अंगलाई मायालु स्पर्श गर्नुहोस्, सुमसुम्याउनुहोस् । उनका ओठ, गाला, आँखा, कान आदिमा चुम्बन गर्नुहोस् । चुम्बन साटासाट गर्नुहोस् । उनका स्तन माड्नुहोस् । स्तनका टुप्पामा चुम्नुहोस् । तिनलाई चुस्नुहोस् । कटिमुन्तिरका भागमा औँला चलाउनुहोस् । तर, ध्यान राख्नुहोस्– श्रीमतीलाई मन नपर्ने वा उनले घिन मान्ने कुनै पनि प्रकारका काम नगर्नुहोस् ।

१. उत्तेजना क्षेत्रलाई ख्याल गर्नुहोस्
महिलाका शरीरमा केही उत्तेजना क्षेत्र हुन्छन् । स्तन या नितम्ब या ‘प्राइभेट पार्ट’मात्रै त्यो क्षेत्र नहुन सक्छ । कुनै महिला घाँटीको पछाडिको भागमा चुम्बन गर्दा या सुमसुम्याउँदा उत्तेजित हुन सक्छन् । कान, घुँडा वा खुट्टाको बूढीऔँला, महिलाको उत्तेजना क्षेत्र जे पनि हुन सक्छ । तपाईंकी श्रीमतीलाई कहाँ चलाउँदा, सुमसुम्याउँदा र चुम्बन गर्दा आनन्द आउँछ, त्यो अंग या क्षेत्र जान्नुहोस् । उनलाई पूर्ण उत्तेजनामा ल्याएपछिमात्रै सेक्सको अर्काे चरणमा प्रवेश गर्नुहोस् ।



२. नयाँ–नयाँ प्रयोग गर्नुहोस्
– नयाँ आसन यसका लागि उपयोगी हुन सक्छ । तर, कुनै पनि प्रयोग गर्नुअघि उनको श्रीमतीको अनुमति अनिवार्य छ । त्यस्तै, सेक्स गर्ने ठाउँ पनि परिवर्तन गर्न सकिन्छ । खाटको सट्टा सोफा वा भुइँमा पनि सम्भोगको स्वाद लिन सकिन्छ । नयाँपनले पनि श्रीमतीलाई सन्तुष्ट पार्न सकिन्छ ।

३.जे छ, चुम्बनमा छ
– रतिक्रियामा चुम्बनको भूमिका असाध्यै महत्वपूर्ण हुन्छ । सम्भोगमा लीन हुँदा बारम्बार उनलाई चुम्नुहोस् । उनका ओठ, निधार, स्तन, नाइटो आदि अंगमा तातो किस गरिरहनुहोस् । यसले तपाईं पूर्णतः समर्पित हुनुहुन्छ भन्ने आभास श्रीमतीलाई दिनेछ ।

४.तारिफ गर्नुहोस्
श्रीमतीको जीउडाल, रूपरङ, आनीबानी आदिको प्रशंसा गर्नुहोस् । तर, हावादारी तारिफ भने नगर्नुहोला ।

६.उनको चरमोत्कर्षलाई ध्यान दिनुहोस्
महिलाको चरमोत्कर्ष पुरुषको जस्तो सरल हुँदैन । आफू स्खलित भइसकेपछि सेक्स पूरा भयो भन्ने नठान्नुहोला । स्खलित भएपछि पनि उनलाई अँगालोमा बाँधिराख्नुहोस्, चुम्बन गरिराख्नुहोस् ।
 स्वास्थ्य खबर बाट साभार

प्याजका १० फाइदा, क्यान्सर देखि मधुमेह सम्मको औषधि



प्याज खाएपछि मुखबाट गन्ध आउँछ । सोही कारण कतिले प्याजलाई मन पराउँदैनन् त कतिपयले धार्मिक मान्यताका कारण पनि प्याजको सेवन नै गर्दैनन् ।

तर प्याज खाएपछि केहीबेर गन्ध आएपनि वा धार्मिक मान्यताधारीहरुले नरुचाएपनि यो निकै हितकारी खाद्यपदार्थ हो । विज्ञहरुका अनुसार प्याजमा निकै लाभदायक तत्वहरु पाइनुका साथै यसमा औषधिय गुण समेत पाइन्छ । प्याज खानुका मुख्य फाइदाहरु यस्ता छन् –

१, क्यालोरी दहन गर्न – बढि क्यालोरीयुक्त खाद्यपदार्थ खानाले मोटोपना लगायतका समस्या आउन सक्छ । तर प्याज यस्तो खाद्यपदार्थ हो जसले क्यालोरी दहन गर्न मद्दत गर्दछ । प्याजले कार्बोहाइड्रेटलाई पचाउन सहयोग पूराउँछ ।



२,महिनावारीको बेला हुने पीडा कम गर्न समेत प्याजको सेवन लाभदायक हुन्छ । प्याजमा हुने तत्वले पेन किलरको काम गर्छ । सामान्यतया महिनावारी हुने नियमित समयको ४(५ दिनअघि देखिबाट नियमित रुपमा प्याज खाने गरेमा महिनावारी हुँदा दुखाइ बढि हुने महिलालाई फाइदा पुग्छ ।

३, दागधब्बा हटाउन सहयोग गर्छ । प्याजमा हुने भिटामिन सी तथा एन्टिसेप्टिक तत्वले डार्क स्पट तथा कालो पोतो कम गर्दछ । प्याज पिँधेर त्यसको लेप दहिमा मिलाएर अनुहार तथा सरीरमा लगाउनाले जिउमा भएका दाग धब्बा कम हुन्छ ।

४, प्याजमा क्यान्सर प्रतिरोधी तत्व हुन्छ । प्याजको नियमित सेवनले टाउको, घाँटी तथा पेटको क्यान्सरको खतरा कम गर्ने वैज्ञानिकहरुले बताएका छन् । प्याजमा हुने अर्गानोसल्फ तत्वले क्यान्सर प्रतिरोधी तत्वको रुपमा काम गर्छ । यसले क्यान्सर जन्य कोषलाई रोक्दछ ।

५, प्याजको सेवनले रोग प्रतिरोधी क्षमतामा वृद्धि गर्छ । प्याजमा हुने फाइटोकेमिकल्सले जिउमा भिटामिन सी को प्रभाव बढाउँछ र रोग प्रतिरोधी क्षमता बढाउँछ ।

६, दिनहुँ प्याजको सेवनले रुघाखोकी तथा चिसोको समस्या पनि कम गर्छ ।

७, प्याजमा एन्टी फ्लामेटरी तथा एन्टी सेप्टिक र एन्टी ब्याक्टेरियल गुण हुन्छ । तसर्थ प्याज दिनहुँ खाने गर्नाले पेट दुख्ने, आन्द्राको संक्रमण लगायतका जोखिम कम हुन्छ ।

८, निद्रा नपर्ने समस्या भएकाहरुका लागि प्याजको सेवन लाभदायक हुन्छ । बेलुकीको खानामा प्याजलाई सलादको रुपमा खाने गर्नाले मीठो निद्रा पर्छ ।

९,मधुमेहको जोखिम घटाउँछ । प्याजमा कम मात्रामा क्यालोरी हुन्छ । साथै यसमा फाइबर, आइरन, पोटासियम, भिटामिन्स तथा अन्य विभिन्न खाले पोषक तत्व समेत हुन्छ । त्यसैले प्याजको सेवनले रगतमा चिनीको मात्रा सन्तुलित गराउन सहयोग गर्छ । साथै मधुमेहका रोगीको लागि समेत प्याजको सेवन फाइदाजनक हुन्छ ।

१०, मुखबाट गन्ध आउने तथा दाँत, गिँजा र मुखमा संक्रमण भएका हरुका लागि प्याजको सेवन फाइदाजनक हुन्छ । प्याजको सेवनले मुखमा रहेका हानिकारक जिवाणु नष्ट गर्न सहयोग गर्छ । एजेन्सीको सहयोगमा


अर्को डोजर काण्ड, विद्यार्थीको मृत्यु, गोली चल्यो



१२ फागुन, विराटनगर।
डोजरले किचेर विद्यार्थीको मृत्यु भएपछि विराटनगरको महेन्द्र मोरङ क्याम्पस अगाडी प्रहरी र विद्यार्थी बीच झडप भएको छ ।

क्याम्पस अगाडीको सडक विस्तार गर्ने क्रममा डोजरले किचेर क्याम्पसमा अध्ययनरत रुपेश यादवको मृत्यु भएपछि प्रहरी र विद्यार्थी झडप भएको हो ।



मृत्यु हुने विद्यार्थी क्याम्पसको बिबिएस दोस्रो वर्षमा अध्ययनरत थिए । विद्यार्थीको मृत्यु भएपछि आक्रोशित विद्यार्थीले डोजर तोडफोड र आगजनीको प्रयास गरेपछि प्रहरीले स्थिती नियन्त्रणमा लिन प्रहरीले लाठी चार्ज गर्नुका साथै केही राउण्ड हवाइ फायर समेत गरेको छ । झडपमा केही प्रहरी र विद्यार्थी घाइते भएका छन् ।

पैतालामा स्वस्तिक चिन्हको ट्याटु खोप्ने बेलायती मोडलले माफी मागिन

भारतको चर्चित रियालिटी शो ‘बिग बोस’की पूर्व प्रतियोगी रहेकी बेलायती मोडल सोफिया हयात फिल्ममा कम विवादमा बढी देखिन्छिन्।

 नायिकाबाट नन बनेकी सोफियाले हालै दुई ट्याटु खोपेकी छिन्। त्यही ट्याटुले विवाद खडा भएपछि अहिले सोफियाले माफी मागेकी छिन्। आफ्नो इन्स्टाग्राम अकाउन्टमा सोफियाले ट्याटुको तस्बिर अपलोड गरेकी थिइन।

तस्बिरमा सोफियाको खुट्टाको पैतालामा हिन्दु धर्ममा शुभ मानिने स्वस्तिक र हातमा उर्दुमा अल्लाह शब्द खोपेकी छिन्। इन्स्टाग्राममा यी तस्बिर पोस्ट भएसंगै सोफियाको आलोचना सुरु भएको थियो। उनको विरुद्ध भारतीय अदालतमा हिन्दु र मुसलमानको धार्मिक भावनामा ठेस पुर्याएको भनी मुद्धा पनि दर्ता भएको छ। मुद्धा गम्भीर भएको चाल पाएपछि नायिकाबाट नन बनेकी सोफियाले आफ्नो मोबाइल बन्द गरेको बीबीसीले लेखेको छ।

 तर उनले आफ्नो ट्याटुको बारेमा सफाइ दिन इन्स्टाग्राममा पोस्ट गर्दै भनेकी छिन्, ‘म ब्रह्माण्डकी आमा हुँ। भगवान बुद्धको पैतालामा पनि स्वस्तिक छ। म बुद्धको समान हुँ। स्वस्तिक दैवीय चिन्ह हो। देवत्व सबैको भित्र स्थित छ।

जसलाई यसको आपत्ति छ उसले आफ्नो रिस जाँच गर्नु किनकी उनीहरुलाई अर्कालाई आंकलन गर्ने कुनै अधिकार छैन। स्वस्तिक पुरै ब्रह्माण्डको प्रतीक हो र यो हाम्रो खुट्टाको तल छ।’
Ok..so my last photo was me having tatoos on my feet...the sacred swastika..found on the feet of BUDDHA.. the sacred .. eternal..self existence..the star of David..the Islamic moon..universal manifestation..the Sun..hindu swastika..ancient christian cross..buddhist..tibetan..it encompasses the all..the power of the universe at my feet so to at yours..wake up..we are one! A symbol is just a symbol and it is the intent that makes the difference. A scalpel in the hands of a surgeon is a tool in his profession can save a life; while in the hands of a perpetrator is unlawful possession of a weapon, in the eyes of the law, to commit a crime. In the Dahmmapada, Yamaka Vagga (The Twin Verses), Verses 1 and 2 straighten our minds and views on good and evil intentions. “Mano pubbaṅgamă mano, setthă manomayă Manasă ce padutthena, bhăsati vă katoti vă Tato naḿ dukkhamanvertĭ, cakkaḿ’va vahato padam”. (Mind is the forerunner of (all evil) states. Mind is chief; mind-made are they. If one speaks or acts with wicked mind, because of that suffering follows one, even as the wheel follows the hoofs of the draught-ox). “Mano pubbaňgama, mano setthă manomayă Manasă ce pasannena, bhăsti vă karoti vă Tato naḿ sukkamanveti, chăyă’va anapăynĭ”. (Mind is the forerunner of (all good) states. Mind is chief, mind-made are they. If one speaks or acts with pure mind, because of that, happiness follows one, even as one’s shadow that never leaves). #templeofawakening #gaiamothersofia #spiritual #love #ayahuasca #dmt #awakening #conciousness #christ #ra #mothermary #shiva #goddessisis #auset #osiris #ra #trinity
A post shared by Sofia Hayat. (Gaia Mother) (@sofiahayat) on

पेटको बोसो घटाउने घरेलु तरिका

अव्यवस्थित जीवनशैली र गलत खानेकुराको उपहार हो पेटको बोसो । पेटको बोसो धेरै मानिसहरुका लागि याद राख्ने ठाउँ बनेको छ । यसले तपाईंको व्यक्तित्व मात्र खराब नगरि धेरै प्रकारको रोगको शिकार बनाउन सक्छ ।

पेटको बोसो घटाउनका लागि यो आयुर्वेदिक पद्धति अपनाउनुहोस् । दिनको सुरुवात कागतीको रसबाट सुरु गर्नुहोस् । पेटको बोसो घटाउनका लागि यो सबभन्दा राम्रो थेरापी मानिएको छ । मनतातो पानीमा एक चिम्टि पहेँलो जुसमा नुन हाल्नुहोस् । यसलाई दैनिक रुपमा पिउने गर्नाले तपाईंको मेटाबोलिजमलाई तीव्र पार्दछ । सेतो चामलबाट टाढै बस्नुहोस् ।

यसको सट्टामा तपाईंले गहुँको खाद्यसामग्री बनाउन सक्नुहुनेछ । आफ्नो डाइटमा खैरो चामल, खैरो पाउरोटी संलग्न गर्नुहोस् । गुलियो खानेकुराबाट टाढै बस्नुहोस् । चक्लेट, गुलियो पेय पदार्थ र चिल्लो खानेकुरा नखानुहोस् । यस्ता खानेकुराहरुको प्रयोगले तपाईंको शरिरको पेट र तिघ्रामा बोसोजम्मा हुन मद्दत गर्दछ । प्रशस्त मात्रामा पानी पिउनुहोस् ।


यदि आफ्नो पेटको बोसो घटाउन चाहनुहुन्छ भने दैनिक रुपमा प्रशस्त पानी पिउने गर्नुहोस् । केहि समयको अन्तरालपछि पिइएको पानीले तपाईंको मेटाबोलिजमको गतिलाई तिव्र पार्दछ र शरिरको टक्सिनहरुलाई हटाउने गर्दछ । काँचो मूलालाई चपाउनुहोस् । प्रत्येक बिहान दुई चार वटा मूलाको चाना चपाउनुहोस् र त्यसपछि कागती पानी पिउनुहोस् ।

यो पद्धतीले तपाईंको तौल घटाउने प्रक्रियालाई दोब्बर बनाइदिन्छ र राम्रो रक्तसंचारमा मद्दत गर्दछ । शाकाहारि खानेकुरामा बढि जोड दिनुहोस् । तरकारी र फलफूलमा बढि जोड दिनुहोस् । दैनिक बिहान र बेलुका एक कचौरा फलफूल खाने गर्नुहोस् । यसले तपाईंको शरिरमा एन्टिअक्सिडेन्ट, मिनरल र भिटामिन परिपूर्ती गरिदिन्छ । खानामा बढि मसलाको प्रयोग गर्नुहोस् । अदुवा, मरिचलाई खानेकुरामा हाल्न कहिले नछुटाउनुहोस् । यस्ता मसलाले शरिरलाई निकै फाइदा गर्दछ ।
ज्ञान बाँड्नु सबैभन्दा ठूलो धर्म हो त्यसैले सबैले लाइक तथा शेयर गर्न नभुल्नुहोला !!


यस्ता छन् सुपर सेक्सका १० फाइदा



१. तनाब कम, सही रक्तचाप
सेक्सले तपाईंलाई कम तनाब महसुस हुन्छ र रक्तचापलाई पनि सही ठाँउमा राख्न मद्दत गर्छ । स्कटल्यान्डमा २२ पुरुष र २२ जना महिलामा गरिएको अध्ययनले देखाएअनुसार जसले यौन सम्पर्क गरेका थिए उनीहरूले तनावलाई सहजै सामना गरेका थिए । यौन सम्पर्क नगरेकाहरूलाई भने रक्तचाप र तनाबको समस्या देखिएको थियो ।

२. रोगसँग लड्ने क्षमता वृद्धि
हप्ताको एक पटक वा दुई पटक यौन सम्पर्क गर्दा एक प्रकारको एन्टिबडी उत्पादन हुने गरेको पाइएको छ । सेक्स गर्नाले ‘इम्युनोग्लोबिन–ए’ नामक उक्त एन्टिबडीको उत्पादन बढी मात्रामा हुने गरेको पाइएको हो । यसले रुघाखोकी र अरू संक्रमणबाट बचाउँछ ।

३. क्यालोरी जलाउन मद्दत
तीस मिनेटको सेक्सले ८५ क्यालोरी जलाउन मद्दत गर्दछ । तसर्थ सेक्सलाई राम्रो व्यायामका रूपमा पनि लिने गरिएको छ ।

४. मुटु स्वस्थ राख्न
बेलायतमा गरिएको २० वर्षे लामो अध्ययनले हप्ताको दुई वा सोभन्दा बढी सेक्स गर्ने मान्छेलाई हृदयघात हुने सम्भावना कम हुने देखाएको छ । अध्ययनले भन्छ, महिना वा त्यो भन्दा नि लामो समयमा सेक्स गर्नेको भन्दा हप्तामा दुई वा सोभन्दा बढी सेक्स गर्नेलाई हृदयघातको सम्भावना आधा कम हुन्छ ।


५. आत्मसम्मानमा वृद्धि
सेक्सले व्यक्तिको आत्मसम्मान बढाउन मद्दत गर्छ । युनिभर्सिटी अफ टेक्सासको अध्ययन अनुसार मानिसले सेक्स गर्ने दुई सय ३७ वटा कारणमध्ये आत्मसम्मान पनि एउटा कारण हो ।

६.गहिरो प्रेम
सेक्स र चरमोत्कर्सले माया र सद्भावमा वृद्धि गराउँछ । यसको कारण भनेको सेक्सका बेला उत्पादन हुने ‘अक्सिटोसिन’ नामक हर्मोन हो, जसलाई ‘प्रेम हर्मोन’ पनि भनिन्छ ।

७. दुखाइ कम गर्न मद्दत
अक्सिटोसिनले शरीरमा इन्डोमोर्फिन नामक हर्मोन निकाल्न मद्दत गर्छ । इन्डोमोर्फिनलाई प्राकृतिक ‘पेन किलर’ पनि भनिन्छ । टाउको दुखाइ, हड्डी वा घँुडा दुखाइ कम गर्न पनि यौन सम्पर्कले मद्दत गर्दछ ।

८. धेरै स्खलनबाट प्रोस्टेट क्यान्सर हुने सम्भावना कम
अनुसन्धानहरूले धेरै स्खलनले जीवनको उत्तरार्धमा प्रोस्टेट क्यान्सर हुने सम्भावना कम भएको देखाएको छ ।

९. दह्रो पेल्भिक फ्लोर मसल
महिलाहरूका लागि पेल्भिक फ्लोर मसल मजबुत बनाउन पनि सेक्सले मद्दत गर्छ ।

१०. राम्रो निद्रा
चरमोत्कर्समा पुगेका बेला उत्पादन हुने हर्मोन अक्सिटोसिनले राम्रो निद्रा लगाउन मद्दत गर्दछ । राम्रो निन्द्राका फाइदाहरू पनि उत्तिकै हुन्छन् ।

सेक्स ३ प्रकारको हुन्छ : योगी विकाशानन्द



सेक्स मानिस उत्पादन गर्ने मेसिन हो । सेक्सविना सिर्जना समाप्त हुन्छ । सेक्स आनन्द पनि हो । संसारमा मानिस र डल्फिनले मात्र आनन्दका लागि सेक्स गर्छ । सेक्स निरोग र मुक्तिको माध्यम पनि हो । सेक्स आध्यात्मिक, तान्त्रिक र हिलिङ गरी ३ प्रकारका हुन्छन् । सेक्सलाई चरमआनन्दमा लाने हो भने त्यो स्वास्थ्य हो ।

चरमआनन्दमा यसले मुक्ति मिल्छ । मानवसेक्समा आध्यात्म जोडिएको हुन्छ । चरमआनन्द आध्यात्मीक सेक्स हो । स्खलित हुनुमात्र सेक्स होइन त्यसको मजा लिन सक्नुपर्छ ।


तान्त्रीक सेक्सको अन्त्य हुँदैन । यसमा मोजमात्र लिनु तर स्खलित नहुनु भनिन्छ । हिलीङ सेक्स लामो प्रक्रिया हो । यसमा पनि अन्त्य हुँदैन । यसले मानिसलाई समाधिमा लान सक्छ । सेक्सलाई ठिकसंग प्रयोग गर्ने हो भने उ शारीरिक र मानसिकरुपमा स्वस्थ रहन्छ । त्यसैले पश्चिमा मुलुकमा सेक्सलाई थेरापीको रुपमा लिन थालिएको छ । सेक्स मनको एक भाग हो ।

सेक्स आममानिस, साधक र मुक्तात्मामा फरकफरक छ । आममानिसले सेक्सलाई प्राकृतिक रुपमा लिन्छन् । साधकका लागि सेक्स ऐच्छिक कुरा हो । मुक्तात्माहरु सेक्सलाई मुक्ति ठान्छन् ।

यस्ता छ

Wednesday, February 22, 2017

बँदेल लखेट्न गएका भीमप्रसादको बाघको आक्रमणबाट मृत्यु



 चितवनको चित्रवन नगरपालिका वार्ड नम्बर १४ मा बाघको आक्रमणबाट पदमपुर घर भएका भीमप्रसाद चापागाईको मृत्यु भएको छ। चितवनमा व्यवसायिक केरा खेती गर्दै आएका चापागाईँ बँदेलले केरा खाएर हैरान पारेको भन्दै बँदेल लखेट्दै जँगल पुग्दा बाघको आक्रमणमा परेका हुन्।

अन्दाजी ३४ ३५ बर्षका चापागाईँलाई बाघले आक्रमण गरेको देखेपछि प्रहरी, स्थानीयवासी चितवन निकुञ्जको हात्तीका सहारा लिएर उद्धारमा जुटेका थिए।

तर उद्धारटोली घटनास्थल आसपास पुग्दा चापागाईको शव दुई किलोमिटर टाढाको जँगलमा फेला परेको जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान मोहन थापाले बताएका छन्।

‘डोजर काण्ड’ हंगामा भएको बेला विराटनगरमा डोजरले विद्यार्थी किचेपछि…



काठमाडौं । सामाजिक संजालमा ‘डोजर काण्ड’ निक्कै हंगामा मच्चिरहेको बेला विराटनगरमा डोजरले किचेर एक विद्यार्थीलाई ठक्कर दिएको छ ।

क्याम्पस अगाडिको सडक निर्माणको क्रममा प्रयोगमा ल्याइएको डोजरले सोही क्याम्पसमा बिबिएस दोस्रो वर्षमा अध्ययनरत विद्यार्थी उमेश कुमार यादवलाई ठक्कर दिएको हो ।

डोजरले विद्यार्थी किचेको विरोधमा महेन्द्र मोरङ क्याम्पस अगाडि विद्यार्थी र प्रहरीबीच झडप भएको छ ।

आक्रोशित विधार्थीहरु डोजर तोडफोडमा उत्रिएपछि भीडलाई नियन्त्रणमा लिने क्रममा विद्यार्थी र प्रहरीबीच झडप भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

विद्यार्थीहरुले ठक्करबाट घाइते भएका विद्यार्थीलाई ‘डोजर ब्याग’ गरेर मार्न खोजेको आरोप लगाएका छन् ।

विरोध प्रदर्शनमा उत्रिएका उनीहरुले दुईवटा डोजरमा आगो लगाएपनि तत्कालै प्रहरीले निभाउन भ्याएको प्रहरीले जनाएको छ । आक्रोशित भिडलाई नियन्त्रणमा लिन प्रहरीले लाठी चार्ज र अश्रुग्याँस प्रहार गरेको छ ।

ठक्कर दिएर घाईते भएका यादवको विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दाजभाउजूले अपाङ्ग भनेर घरबाटै निकालिदिएका कल्चु यसरी बने जुत्ता सिलाएरै लखपति


बाजुरा, १२ फागुन । जिल्लाको सदरमुकाम मार्तडीमा रहेको जिल्ला प्रशासन कार्यालय जानेबाटो अलि उकालो तर्फ लाग्छ ।

उकालो काटेपछि जिल्ला प्रशासन कार्यालय देखिन्छ । उकालोसँगै रहेको जिल्ला प्रशासन जाने बाटोमा बायाँतर्फ एक सानो भाडामा बस्ने छाप्रो रहेको छ । त्यही छाप्रोमा जुत्ता सिलाउँदै जिल्लाको बाँधु–३ घर भएका ४० वर्षीय कल्चु सार्कीका २० वर्ष बितेका छन् । उनका दिन च्यातिएका जुत्ताचप्पल सिलाउँदै बितेका छन् ।

अठार वर्षको कलिलो उमेरमा कोही साथी स्कुल पढ्न थाले त कोही बिहे गरी अन्य व्यवसायतिर लागे । उनी भने कोल्टीमा जुत्ता सिलाइको तालिम लिन थाले । सानैदेखि उनी अपाङ्ग थिए । उनका हात चल्छन् तर खुटृा नचल्ने भएकाले हिडडुल गर्न सक्दैनन् । त्यसैले पनि उनी भारतमा जान सकेनन् । उनले जुत्ता सिलाउने तालिम पाएपछि सार्कीको जीवनको सहारा बनेको हो । उनी जन्मेपछि सानै उमेरमा आमाबुबाको स्वर्गारोहण भएको थियो भने उनी टुहुरा बनेका थिए । तर उनलाई दाजु र भाउजूले समेत साथ दिनुको साटो घरबाट निकालिदिएको उनले गुनासो गरे ।



साथीहरु स्कुल पढ्न थाले तर उनले भने जुत्ता सिलाउने तालिम लिएर कोल्टीमा ३ वर्ष जुत्ता सिलाएका थिए । उनी २०५४ सालमा सेनाको सहयोगमा नेपाली सेनाको हेलिकप्टरमा कोल्टीबाट सदरमुकाम मार्तडीमा आएका थिए । व्यवसाय सुरु गर्नका लागि जुकोट गाविसका नरबहादुर शाहीसँग रु पाँच हजार हुँदै रु १६ हजार सम्म ऋण लिए । व्यवसाय सुरु गरेपछि शाहीको साँवा र ब्याज गरी रु ३२ हजार ऋण तिरेका थिए ।

सुरुमा बजार कम विस्तार भएको थियो । तर पछि आएर जनआन्दोलन सुरु हुने बेलाभन्दा अगाडि नेपाली सेना, नेपाल प्रहरीलगायत सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारीचुडिएको, च्यातिएका जुत्ताचप्पल सिलाउन आउनेको लाइन हुन्थ्यो । कुनै समय च्यातिएका जुत्ता सिलाएर उनले दैनिक रुपमा १८ हजार पनि कमाए । पहिले दैनिक रु १८ हजार कमाउने कल्चु सार्की अहिले भने व्यापार घटे पनि चुँडिएका जुत्ता सिलाएर मासिक रु १६ हजार कमाउने गरेका छन् ।

उनले बिस्तारै विभिन्न तालिम लिँदै गए तालिम लिएपछि जुत्ता सिलाएर जीवन चल्ला भनेर । उनी आफ्नो पेसाप्रति पूर्ण सन्तुष्ट छन् । कल्चुले २० वर्ष जुत्ता सिलाएर गुजारा मात्र चलाएनन्, आफ्ना एक छोरा र एक छोरीलाई जिल्लाकै हैसियत राख्ने विध्यार्थी बनाउने सोचमा रहेका छन् ।

जेठी छोरी मालिका उच्च माविमा कक्षा ८ मा अध्ययन गर्दैछिन् । उनको छोरा बोर्डिङमा नर्सरीमा अध्ययन गर्दै आइरहेका छन् । सदरमुकाममै पनि पहिले गाउँमा सिकेको र तालिम लिएको सीप देखाउँदा तल्लो जातिको भनेर धेरैले नकारात्मक दृष्टिले हेर्ने गर्थे । घरका पुराना दिनहरु सम्झन थाले तर अहिले जिल्लाका कार्यालय प्रमुखदेखि नेता, पत्रकार र सुरक्षा निकायका उच्च तहकाले पनि सम्मान गर्न थालेका छन् ।

उनले आफूले मात्र सीप सिकेनन् । आफूसँग भएकी धर्मपत्नीलाई समेत जुत्ता सिलाउन सिकाएका छन् । आफू कामको सिलसिलामा जिल्लाबाहिर गएका बेला आफ्नी श्रीमतीले सघाउने गरेको उनी बताउछन् । उनी भन्छन्, “व्यवसाय गरेर मात्र केही हुदैन । ग्राहकलाई शिष्ट व्यवहार गर्नुपर्छ । सार्कीको पेसाबाट पत्नी र छोराछोरी खुसी छन् ।”

सदरमुकाम मार्तडीमै च्यातिएका जुत्ताचप्पल सिलाएर सार्कीले नेपालगन्जको वनकटुवा गाविसमा डेढ कट्ठा घरेडी लिएका छन् । डेढ कट्ठा जमिन घर बनाउनका लागि रु साढे १३ लाखमा किनेका छन् । उनले अब बाजुरामा भन्दा नेपालगन्जमा जुत्ता सिलाइको उधोग खोल्ने सोच बनाएका छन् ।

फाटेका जुत्ता सिलाउँदै उनको जीवन बितिसकेको छ । तर उनका छोरा र छोरी अझै आफ्नो खुट्टामा उभिन सक्ने भएका छैनन् । उनीहरुलाई आफूले चाहेको जस्तो बनाउन मैले जुत्ता सिलाएर पढाउनुपर्ने भएको छ, उनी भन्छन् ।

उत्तरी भेगको दुर्गम बाँधु–३ घर भएका कल्चु सार्कीले जीवनभरि सानै उमेरदेखि गाउँमा फाटेका जुत्ता सिलाउन सिकेका र विमानस्थल भएको कोल्टीबजारहुदै हाल सदरमुकाम मार्तडीमा चार जनाको परिवार पाल्दै आएका छन् । सदरमुकाम मार्तडीमा महँगी खेपिनसक्नु भएको उनी बताउँछन् ।

त्यसमा पनि सम्पूर्ण घर खर्च जुत्ता सिलाएर जीवन धानेको उनी बताउँछन् । अहिले सदरमुकाम मार्तडीमा जुत्ता सिलाउने दुईवटा पसल मात्र रहेका छन् । उनी अरूको घरमा बसेर मासिक रु ६ सय भाडा तिर्ने गरेका छन् । विदेश गएर काम गर्नुभन्दा स्वदेशमै केही व्यवसाय गर्दा सजिलो हुने गरेको अनुभव उनी सुनाउँछन् ।

जंगलमा आफ्नै शिक्षकले युवतिसँग यौन सम्बन्ध राखेको देखेपछि विद्यार्थीले दिए यस्तो उजुरी


सिन्धुपाल्चोक, १२ फागुन । सिन्धुपाल्चोक इचोक गाविस स्थित महेन्द्र उच्च मावि सुपारीटारमा कार्यरत शिक्षकलाई कारबाही गर्न विद्यार्थीहरुले माग गरेका छन् । विद्यालय समयमा विद्यार्थीले देख्ने गरी जंगलमा एक युवतीसँग यौन सम्बन्धमा रहेको देखेपछि विद्यार्थीहरुले प्रधानाध्यापकलाई समेत उजुरी गरेका छन् ।
गत माघ २७ गते दिनको २ः३० बजे इचोककै तिम्बु स्थित भार्के पुरानो झोलुंगे पुल नजिकै जंगलमा स्थानिय शिक्षक शंकर चापागाईं सोही गाविस वडा नम्बर ३ नयाँ बस्तिमा स्थायी घर भएकी एक महिलासँग यौन सम्बन्ध राखेको विद्यार्थीले देखेका थिए । ‘१० कक्षाको टेस्ट परिक्षा चलिरहेको थियो, हामीलाई विदा दिनु भएको थियो,’ एक विद्यार्थीले भनिन्,‘हाम्रो सर त एउटी महिलासँग अनैतिक क्रियाकलाप गरिरहनु भएको रहेछ ।’

आफ्नो शिक्षकलाई त्यो अवस्थामा देखेपछि विद्यार्थी भने डरले चिच्याएको उनीहरुको भनाई छ । विद्यार्थी चिच्याएपछि शिक्षक फरार भएका थिए । यता विद्यार्थी भने घरमा आएर परिवारलाई सुनाउन पुगेका थिए ।

‘हाम्रो परिवारमा आमा, बुवा लगायत साथीहरु लाई जानकारी गराएपछि हामीले हाम्रो स्कुलमा पनि लिखित रुपमै हाम्रो सर, प्र.अ. नेत्र प्रसाद भट्टराईलाई जानकारी गराउदै निज शिक्षक शंखर चापागाँईंलाई कारवाही को माग गरेका थियौँ ।’ ती विद्यार्थीले भनिन्,‘केही दिनपछि मिति २०७३-११-०६ गते स्कुलमा बेबस्थापन को बैठक बस्ने भएछ ।’

ती विद्यार्थीका अनुसार निवेदन गरेपछि शिक्षकले समेत उनीहरुलाई गालि गलौज गरेका थिए । ‘त्यो शंखर सर को बारेमा स्कुलमा हालेको निवेदन झिकेर ल्याउ अनि सर को बारेमा यस्तो कुरा भन्न हुदैन सर लाई एकपटक माफी दिनुपर्छ भन्दै कसैले सोधपुछ गर्योद भने बाटोमा हिनेको मात्रै देखेको हो भन नत्र राम्रो हुँदैन,’ शिक्षक नवराज गुरागाइंको भनाइ उदृत गर्दै ति विद्यार्थीले भनिन् ।

उनीहरुले आफूहरु समेत शिक्षकबाट सुरक्षित हुने अवस्था नभएको भन्दै सचेत रहन सबैलाई आग्रह गरेका छन् ।

शिक्षक भन्छन्,‘मेरो बदनाम भयो’

महेन्द्र उच्च माविका शिक्षक शंकर चापागाईंले आफ्नो बदनाम गरिएको आरोप लगाए । ‘मेरो बदनाम गरियो, मैले ती महिलालाई चिनेको छैन,’ ति शिक्षकले भने,‘ती महिलाले समेत होइन भनिसक्नु भएको छ, आवश्यक पर्छ भने म उहाँलाई पनि सम्पर्कमा ल्याउँन सक्छु ।’

२ मिनेट मै अनुहारको दाग हटाई छालामा चमक ल्याउने निकै सरल उपाय


एजेन्सी – तपाइंको छाला धेरैजसो सुख्खा तथा फिक्का देखिने गर्दछ । मरेको छालाको कारणले गर्दा यसो भएको हो छालालाई चम्किलो तथा नरम बनाउनको लागि तपाइंले प्राकृतिक घरेलु उपायलाई अपनाउन सक्नुहुन्छ । यो बिधि धेरै नै सजिलो हुनुका साथै प्रभावकारी छ ।

सामाग्रीहरु
१) कागती
२) थोरै नुन
३) चामलको पिठो
४) मह


बनाउने बिधि

पहिलो चरण – 

सबैभन्दा पहिला कागती लाइ दुई भागमा काट्नुहोस् । त्यसपछि आधि भाग कागतीमा थोरै नुन हाल्नुहोस् । यसलाई अनुहारमा केहि बेरसम्म दल्नुभई सफा पानीले मुख धुनुहोस ।

दोस्रो चरण – 

यसपछि चामलको पिठोमा मह र अर्को बाँकी रहेको आधि भाग कागतीको रसलाई राखेर राम्ररी मिसाउनुहोस् । यदि आवश्यक भएमा यसमा थोरै पानीलाई पनि हाल्न सक्नुहुन्छ ।  यस फेसपेकलाई पुरै अनुहारमा दल्नुहोस । र १५ मिनेट त्यसै छोड्नुहोस् । त्यसपछि सफा पानीले मुख धुनुहोस । र अनुहारलाई सुक्खा हुन दिनुहोस । अनुहार पुरै रुपमा सुक्खा भैसकेपछि मइस्चराइजरलाई लगाउनुहोस् । यसको परिणामस्वरूप तपाइंको अनुहार पहिलेभन्दा निकै आकर्षक देखिनेछ ।

महिलाको योनीसंग संबन्धित १० रोचक तथ्यहरु



यौनको विषय मानिसको सर्वाधिक चासोको विषय भएतापनि समाजको यसको खुल्ला चर्चा वर्जित भएकाले आफ्नै यौनांगका बारेमा धेरै कुराहरु मानिसलाई थाहा नहुन सक्छ । महिला गुप्तांग अर्थात् योनी निकै संवेदनशील तथा महत्वपूर्ण अंग हो भन्ने कुरा सबैलाई थाहा छ । सम्भोगको सन्तुष्टि देखि, गर्भाधान र सन्तान पैदा गराउने मार्गको रुपमा रहेको यो अंगका विषयमा केही अनौठा तथ्यहरु भने थाहा नहुनसक्छ । यस्ता छन् योनी बारेका १० रोचक तथ्य :-
१. योनीको औषत आकार ३-४ इन्च हुन्छ, तर सम्भोगको चरमोत्कर्षका बेला यसको आकार २ सय प्रतिशत सम्म वृद्धि हुनसक्छ ।
२. योनीको उत्तेजक भाग अर्थात् भंगाकुरमा ८ हजार वटा स्नायु हुन्छन्, जबकी पुरुषको लिंगमा केवल चार हजार वटा मात्र ।
३. एक घण्टाको समय भित्रमा एक जना महिलाले अधिकतम १ सय ३४ पटकसम्म चरम सन्तुष्टि पाएको रेकर्ड छ । तर पुरुषको हकमा भने एक घण्टाको अवधिमा बढिमा १६ पटक सम्म मात्र चरम सन्तुष्टि प्राप्त भएको रेकर्ड छ ।
४. योनीलाई अंग्रेजीमा भेजाइना भनिन्छ । ल्याटिन भाषामा यसको अर्थ तरबार बोक्नेवाला भन्ने हुन्छ ।
५. योनीमा आफ्नो सफाइ आफै गर्ने प्रणाली हुन्छ ।
६. योनीमा प्राकृतिक लुब्रिकेन्ट स्क्वालिन हुन्छ । यो लुब्रिकेन्ट सार्क माछामा पनि पाइन्छ ।,
७. गुप्तांगको भित्री भित्ता अन्य अवस्थामा मुज्जा परेर रहेको हुन्छ र सम्भोगको बेला उक्त भित्ता छाता जस्तै गरि फुक्दछ ।


८. योनीमा कैयन् प्रकारका ब्याक्टेरिया
पाइन्छन् । योनीमा पाइने केही ब्याक्टेरियाहरु दहीमा समेत पाइन्छन् ।
९. गुप्तांगको रौँ को औषत आयु भनेको जम्मा ३ हप्ता हो । जबकी टाउकोको रौँ को आयु अधिकतम ७ वर्षसम्म हुन्छ ।
१०. योनीको गन्धलाई महिलाको भोजनको प्रकारले प्रभाव पार्छ । त्यसैले सहवासको अघि लसुनको सेवन नगर्नु राम्रो हुन्छ ।