Thursday, February 23, 2017

यी हुन् अमेरिकामा देश निकालाको सूचीमा रहेका १५२० नेपाली



 कागजात नभएका गैरकानूनी अप्रवासीलाई देश निकाला गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नयाँ नीति सार्वजनिक भएसँगै पन्ध्र सय भन्दा बढी नेपाली निशानामा परेका छन् । उनीहरु अमेरिकाको अध्यागमन अदालतबाट मुद्दा हारिसकेर इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसको सूचीमा देशनिकालाका लागि सूचीकृत भइसकेकाहरु हुन् ।

सन् २००० देखि सन् २०१७ सम्मको अवधिमा आइसको सुचीमा सुचीकृत उनीहरुले टीपीएस लगायतका सुविधा लिएको भएपनि उनीहरु आइसको निशानामा छन् । उनीहरुमध्ये प्राय अदालतबाट देशनिकालाको आदेश पाइसकेका तर अमेरिका नछाडेकाहरु हुन् । अदालतबाट देशनिकालाको आदेश पाइसकेपछि पनि यसअघि आपराधिक रेकर्ड नभएकाहरुलाई देशनिकाला गर्ने कामलाई प्राथमिकता नदिइएका कारण उनीहरु देशनिकाला हुनबाट बचेकाहरु हुन् ।

डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी, एक्ज्युकेटिभ अफिस फर इमिग्र्रेशन रिभ्यु, इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइस र युएससीआईएसबाट प्राप्त तथ्यांक अनुशार सन् २०१७ मा यस्तो आदेश पाइसकेका नेपालीहरुको संख्या अहिलेसम्म २३ रहेको छ । जसमध्ये २० जनाले देशनिकालाको आदेश पाएका छन् भने ३ जनाले आफै स्वेच्छिक रुपमा अमेरिका छाड्न अनुमति पाएका छन् ।

सन् २०१६ मा अदालतबाट डिपोर्टको आदेश पाइसकेका नेपालीहरु १ सय ७ जना रहेको र १४ जनाले अदालतबाटै स्वेच्छिक रुपमा देश छाड्ने स्वीकृति पाएका थिए । तर आइसको रेकर्ड अनुशार जम्मा २५ जना नेपालीहरु वास्तविक रुपमा देशनिकाला भएका छन् । यसरी हेर्दा ९६ जना नेपालीहरु सन् २०१६ मा देशनिकालाको आदेश पाइसकेपछि पनि अमेरिकाभित्र नै छन् । उनीहरु नै आइसको डिपोर्टेवल सुचीमा रहेका नेपालीहरु हुन् । र , आइसका एजेण्टहरु छापामार्दै उनीहरुका ठेगानाहरुमा पुग्नसक्ने सम्भावना रहन्छ ।

सन् २०१५ मा अदालतबाट देशनिकालाको आदेश पाउने नेपालीहरु १२८ जना थिए भने अदालतबाटै स्वेच्छिकरुपमा अमेरिका छाड्न आदेश पाउनेहरु १२ जना रहेका थिए । तर रिपोर्ट अनुशार ६ जना अपराध प्रमाणित भएका र १४ जना अपराध नगरेकासहित २० जना इमिग्रेशनको डिपोर्टमा परे भने ३९ जना अमेरिकाबाट फिर्ता भए । यसरी हेर्दा ८१ जना नेपालीहरुले सन् २०१५ मा अमेरिकाबाट डिपोर्टको आदेश पाइसकेपछि पनि अमेरिका छाडेनन् । उनीहरु अब आइसको निशानामा छन् ।

श्रोत –खसोखास साप्ताहिक

एउटा खुट्टा अर्को खुट्टामा खप्टिएर बस्नुका बेफाइदाहरु

एजेन्सी– हामीमध्ये प्रायः कुर्सीमा बस्दा एउटा खुट्टा अर्को खुट्टामा खप्टिएर बस्ने गर्छौं। तर, लामो समयसम्म यो आशनमा बस्नु स्वास्थ्यका दृष्टिकोणले राम्रो नभएको एक अध्ययनले देखाएको छ।


यसरी बस्दा शरीर स्वभाविक अवस्थमा नरहने भएकाले स्वास्थ्यमा समस्या देखिन सक्ने बताइएको छ। खुट्टा खप्टिएर बस्ने बानी भएकाहरुलाई छोटो–छोटो समयमै बसाइको तरिका परिवर्तन गर्न विज्ञहरु सुझाउँछन्। लामो समयसम्म खुट्टा खप्टाएर बस्दा आउनसक्ने पाँच समस्या यस्ता छन्ः


१. शरीर अस्वभाविक आकारमा रहने भएकाले लामो समय खुट्टा क्रस बनाएर बस्दा ढाड दुख्छ।

२. यो आसनमा बस्दा शरीरको नशामा बढी दबाब पर्छ। यस्तो अवस्थामा रगत मुटुतर्फ नगएर खुट्टातर्फ जाने गर्छ, जसका कारण मुटुमा असर पुग्न सक्छ।

३. लामो समय एउटा खुट्टा अर्को खुट्टामाथि राख्दा गुप्ताङ्गको हड्डी दुख्छ र गुप्ताङ्गमा पनि समस्या आउन सक्छ।

४. धेरै बेरसम्म खुट्टा खप्ट्याउँदा स्पाइनल कर्डमा दुखाइ बढ्न सक्छ।

५. यो पोजिसनमा लामो समय बस्दा नशामा दबाब बढ्ने भएकाले नशा खिइने सम्भावना पनि हुन्छ। स्रोत : स्वास्थ्य खबर पत्रिका

कुवेतमा ५ नेपालीलाई मृत्युदण्डको सजाय यो खबर ने सरकार सम्म पुगोस् सेयर गर्दैजानुहोला



कुवेतमा ५ जना नेपालीलाई मृत्युदण्डको सजाय सुनाइएको छ। लागूऔषध कारोबार गरेको आरोपमा पक्राउ परेका चितवनका जीवन रानाभाट, काठमाडौंका लाक्पा शेर्पा, कास्कीका पदमबहादुर गुरुङ, बाँकेका तारामान केसी र निमा शेर्पालाई त्यहाँको तल्लो अदालतले हालै मृत्युदण्डको सजाय सुनाएको हो।

उनीहरू सुलेबियास्थित केन्द्रीय कारागारमा छन्। कुवेतस्थित नेपाली दूतावासका अनुसार सिन्धुपाल्चोकका सजन कार्कीलाई भने अदालतले आजीवन कराबास सजाय तोकेको छ। आफू निर्दोष रहेको भन्दै पुनरावेदन गरेका कार्कीलाई उच्च अदालतले आजीवन कारावासको सजाय सुनाएको हो। रानाभाट दुई वर्षअघि पक्राउ परेका थिए भने अन्यलाई एक वर्षअघि पक्राउ गरेर लागूऔषध कारोबारको मुद्दा चलाइएको थियो।  

कुवेतस्थित नेपाली दूतावासले नेपाल सरकारलाई मृत्युदण्डको सजायबारे जानकारी गराएको छ। कुवेत सरकारले सजायसम्बन्धी विवरण हालै नेपाली दूतावासलाई बुझाएको थियो। तल्लो अदालतको यो सजायविरुद्ध उनीहरूले पुनरावेदन र उच्च अदालतसम्म जान पाउने व्यवस्था रहेको दूतावासले जनाएको छ। दूतावासका अनुसार रानाभाटले वकिल राखेर प्रतिरक्षा गर्ने तयारी गरेका छन्। ‘उनीहरूको अवस्था बुझ्न दूतावासबाट निरन्तर जेल भ्रमण भइरहेको छ,’ कुवेतका लागि नेपाली राजदूत यज्ञबहादुर हमालले भने, ‘हामी कानुनी सहायताका साथै आवश्यक कागजात तयार परेर कन्सुलर सेवा दिइरहेका छौं।’

मृत्युदण्डको सजाय सुनाइएका केही नेपालीले अभियोग स्वीकार गरेको र केहीले भने आफूलाई फसाइएको बयान दिएको दूतावासले जनाएको छ। प्रहरीले उनीहरूलाई अलग–अलग स्थानबाट पक्राउ गरेको थियो। कुवेतमा लागूऔषध सेवन र कारोबारलाई संगीन अपराधको रूपमा लिइन्छ। लागूऔषध कारोबार गरेको पुष्टि भएको भन्दै केही महिनाअघि पनि दुई कुवेतीसहित दुई बंगलादेशी, दुई इजिप्सियन र एक फिलिपिनोलाई फाँसी दिइएको थियो।

हाल कुवेतको जेलमा ९ महिलासहित ६१ नेपाली छन्। यीमध्ये करिब ७५ प्रतिशत लागूऔषध कारोबार तथा बेचबिखन मुद्दामा पक्राउ परेका हुन्। उनीहरूविरुद्ध त्यहाँको अदालतमा मुद्दा चलिरहेको छ। पक्राउ परेकामा प्रायस् गैरकानुनी हैसियतमा बस्दै आएका नेपाली छन्। पक्राउ परेकामध्ये अधिकांशले आफूलाई थाहा नदिई ‘हल्कारा’का रूपमा प्रयोग गरेर फसाइएको दूतावासबाट भेट्न गएका अधिकारीहरूलाई बताएका छन्।
आजीवन काराबासको सजाय पाएका कार्कीका आफन्तका अनुसार दुई जना लागूऔषध सेवनकर्तासँग होटलमा खाना खाइरहेका बेला उनी पक्राउ परेका थिए। लागूऔषध सेवनकर्ताले निर्दोष छ भन्दासमेत सजनलाई नछोडिएको ती आफन्तले बताए।
 news अन्य स्रोत बाट

महिनावारीबारे जान्नै पर्ने १० कुरा



सबै महिला महिनावारीबाट गुज्रनुपर्छ । तर, सार्वजनिक रुपमा यसबारे चर्चा गर्न महिलाहरु हिच्किचाउँछन् । यसबारे महिलामा धेरै खालका भ्रम पनि विद्यमान छन् । तर, यो एउटा शारीरिक जैविक प्रक्रिया हो भन्नेबारेमा सबै स्पष्ट हुनुपर्छ । यसमा अन्धविश्वासको कुनै लेनदेन छैन । तर, महिनावारीबारे पूरै वैज्ञानिक जानकारी लिनु भने आवश्यक छ ।

१. महिनावारी प्रत्येक २८ दिनमा हुनपर्छ ।
तथ्य – महिनावारीको चक्र हरेक महिलामा फरक तरिकाले निर्भर गर्न सक्छ । महिनावारीको चक्र २० दिनदेखि लिएर ३५ दिनबीच दोहोरिन सक्छ । महिनावारी हुने समय केही ढिला भयो भने गर्भवती भइयो भनेर डराउँनु पर्दैन ।




२. महिनावारीको समयमा सेक्स गर्नुहुँदैंन ।
तथ्य – अधिकांश मानिस महिनावारीको समयमा पार्टनरसंग सेक्स गर्न मन पराउँदैंनन् । तर, यस्तो बेला सेक्स गर्दा ज्यान दुखेको निको हुन्छ । अनुसन्धानअनुसार महिनावारीको समयमा सेक्स गर्दा पीडामा कमी आउँछ ।

३. महिनावारीको समयमा गर्भधारण गर्न सम्भव हुँदैंन ।
तथ्य – यो धारणा गलत हो । महिला महिनावारीको समयमा पनि गर्भवती हुन सक्छन् । महिनावारीको चक्र २८ दिनभन्दा कम भएका महिला महिनावारीको समयमा गर्भवती हुने सम्भावना अधिक हुन्छ ।

४. महिनावारीको समय अमिलो, तेल तथा मसालायुक्त खाना खानुहुँदैंन ।
तथ्य – महिनावारी र अमिलो पदार्थबीच कुनै संबन्ध छैन । मसालायुक्त खानाले पेट खराब हुन सक्छ । तर यसबाट महिनावारीको पीडामा असर पर्दैन ।

५. महिनावारीको समयमा व्यायाम गर्नुहुँदैंन
तथ्य – महिनावारीको समयमा गरिने व्यायामले पीडा कम गर्न मद्दत गर्छ । व्यायामले मांसपेशीमा अक्सिजनको आपूर्ति बढाउँछ, जसबाट शरीरमा आराम मिल्छ ।

६. महिनावारीको समयमा आराम गर्नुपर्छ
तथ्य – महिनावारीको समयमा शरीरबाट रक्तस्राव हुन्छ । तर, यसबाट डराउँनु पर्दैन । महिनावारीको समय एक दिनमा करिब चार चम्चा रक्तस्राव हुन्छ । महिलाहरु आफ्नो दैनिक काम आरामसंग गर्न सक्छन् ।

७. पिएमएसबाट गुज्रन्छन्
तथ्य – महिलाले पिएमएस (महिनावारी हुनुअघिका लक्षण) को सामना गर्नुपर्ने हुन्छ, किनभने करिब ८५ प्रतिशत महिला यस्ता लक्षणको अनुभव गर्न सक्छन् ।

८. महिनावारीको रगत अन्य रगतभन्दा अलग हुन्छ
तथ्य – महिनावारीको रगत सामान्य अरु रगतजस्तै हुन्छ । यसमा केही पनि असामान्य हुँदैंन ।

९. महिनावारीको समयमा नुहाउँनु अथवा कपाल धुँनु हुँदैंन
तथ्य – महिनावारीलाई लिएर यो भ्रम सदिऔंदेखि छ । यस्तो बेलामा स्वच्छतामा ध्यान दिनुपर्छ ।

१०. कुमारीहरुले कटनको प्रयोग गनुहुँदैंन
तथ्य स् कयौं मानिसले कुमारीहरुले कटनको प्रयोग गर्नुहुन्न र त्यसबाट कौमार्य नष्ट हुन्छ भन्ने सोच्छन् । तर, कटनको प्रयोग र कुमारीत्वबीच कुनै संबन्ध हुँदैंन ।

स्तन वृद्धी गर्नेदेखि मृगौला रोग नियन्त्रणसम्मको थाहा पाउनै पर्ने मेथीका १० फाईदा



काठमाडौं । मेथी हामी धेरैको भान्छामा प्रयोग हुने गर्छ । भुटुनमा मेथी पड्काउनाले तरकारी तथा अचार बास्नादार र स्वादिलाने बन्छ । यो बाहेक मेथीको अन्य प्रयोग पनि गरिन्छ । सबैलाई मेथीको स्वाद मन नपर्न सक्छ । तर, मेथीले मानिसको स्वास्थ्यमा पार्ने प्रतिकुल असर भने सबैलाई मन पर्न सक्छ । फरक यति होकी कतिलाई मेथीका फाईदा बारे थाहा छ कतिले थाहा पाएका छैनन् । यदि त्यसो हो भने मसलाकोरुपमा प्रयोग हुने मेथीका १० फाइदाका बारेमा जानी राखौं ।
१. कपाल झर्न रोक्छ :
मेथीको दानामा कपाललाई मजबुद गर्ने क्षमता हुन्छ । यसमा प्रोटिन र निकोटिनिक एसिडको मात्रा उच्च हुन्छ जसले हाम्रो शरीरलाई पनि उर्जा दिन्छ । यसको पेष्ट बनाएर नरिवल वा जैतुनको तेल मिलाएर कपालमा लगाउँदा यसले कपाल झर्न रोक्छ ।
२. चायाँबाट मुक्ति :
यदि तपाइँलाई चायाँको समस्या छ भने मेथी तपाइँका लागि अचुक औषधी बन्छ । टाउकाको छाला सुख्खा भएर समस्या भयो भने मेथी त्यसका लागि सरल घरेलु उपाय हो । मेथीमा दही मिसाएर पेष्ट बनाउनुस र यसलाई कपालको जरा सम्म पुग्ने गरी लगाउनुस् । अलि अलि मसाज गर्नुस् । ३० मिनेटपछि धुनुस् तपाइँको कपालमा चायाँक समस्या तत्काल समाधान हुन्छ ।
३. डन्डीफोर नियन्त्रण :
मेथीका दाना डन्डीफोर नियन्त्रणका लागि पनि निक्कै उपयोगी मानिन्छ । यसले छालाको एमिडर्मिस तहमा रहेको टक्सिनलाई निकाल्छ र डन्डीफोरको दाग समेत हटाइदिन्छ । डन्डीफोरले दिक्क पारेको छ भने मेथी तपाइँका लागि अचुक औषधी हो । मेथीका दाना पिस्नुस् र पेष्ट बनाउनुस् यसमा थोरै मह हाल्नुस् । मेथी र महको पेष्ट सुत्नु अघि अनुहारमा लगाउनुस् विहान उठेर चिसो पानीले धुनुस् । डन्डीफोरको समस्या समाधान हुन्छ ।


४. मोटोपनको नियन्त्रण :
मेथीमा उच्च मात्रामा फाइवर हुन्छ । यसले पाचन प्रणालीमा सहयोग गर्छ । यसले शरीरलाई चाहिने भन्दा बढी क्यालोरी पनि कम गर्दिन्छ । विहानमा एक गिलास मेथीको पानी पिउनुस् यसले शरीरलाई अत्यन्तै फाइदा गर्छ ।
५. चम्किलो त्वाचा :
अनुहार चम्किलो पार्न चाहनु हुन्छ भने मेथी तपाइँलाई चाहिने चिज हो । मेथीको दानाले शरीरमा रहेका विभिन्न फ्रि रेडिकल्सलाई बाहिर निकाल्छ । मेथीको दानाको पेष्ट बनाएर लगाउँदा अनुहारमा रहेका काला घेरा र अन्य समस्या समेत हट्छन् । यसले छालाको कलर टोन बढाउँछ एवं मृत तन्तुहरु हटाउँछ त्यसकारण अनुहार चम्किलो देखिन्छ ।
६. पाचन प्रणालीमा सुधार :
मेथीको सेवनले पाचन प्रणालीलाई राम्रो तुल्याउँछ । यसले पेट पोल्ने र अन्य समस्या समेत हटाउँछ । पाचन सम्बन्धी कुनै पनि समस्या भएको ब्यक्तिका लागि मेथीको सेवन अत्यन्तै फाइदाजनक हुन्छ ।
७. सुगरको नियन्त्रण :
मेथीको सेवनले रगतमा हुने सुगर लेवल पनि नियन्त्रित हुन्छ । मेथीमा हुने एमीनो एसिडले प्याङ्क्रियाजमा हुने इन्सुलिनको प्रभाव बढाउँछ र यसले रगतमा हुने सुगरको मात्रा नियन्त्रण गर्छ । मधुमेहका रोगीहरुलाई पनि मेथी सेवन राम्रो मानिन्छ ।
८. मृगौलाका लागि राम्रो :
मेथीको सेवनले मृगौलालाई पनि स्वस्थ राख्छ । मेथीमा हुने तत्वले पत्थरीको समस्या हुनेलाई समेत फाइदा गर्छ । यसले भित्रका विकार पिसावको माध्यमबाट बाहिर निकाल्छ ।
९. ज्वरो नियन्त्रण :
यदि तपाइँलाई ज्वरो आएको छ भने एक चम्चा कागतीको रशमा मह र मेथी मिसाएर खाँदा ज्वरो घटछ । यसले आराम अनुभव गराउँछ । यसले घाँटीमा हुने खस खस पनि हटाउँछ ।
१०. महिलालाई उपयोगी :
मेथीले महिलामा स्तन वृद्धी गर्न सहयोग गर्छ । यसले महिलाले बच्चालाई खुवाउनका लागि दुधको उत्पादन पनि बढाइदिन्छ । महिलामा हुने विशिष्ठ समस्यामा मेथीले औषधीको काम गर्छ ।

हाडजोर्नी दुख्ने समस्या छ? यी ७ कुरामा ध्यान दिनुहोस्



के तपाईँको घुँडा हिँड्ने बेलामा पुरानो ढोका जस्तो कर्कराउँछ? अनि के तपाईँको कम्मर खस्लाजस्तो गरी दुख्छ? हातको पाखुरा अनि काँध चलाउन नमिल्ने गरी दुख्छ? यदि दुख्छ भने यो संसारमा तपाईँ एक्ले हुनुहुन्न।

विशेष गरी उमेर ढल्किँदै गएपछि शरीरमा भएको अधिकांश क्याल्सियमको मात्रा हाडजोर्नीले प्रयोग गर्ने गर्दछ र यदि क्याल्सियमको कमि हुन थालेपछि अब हाडजोर्नीमा समस्या आउन थाल्दछ। यस्तो समस्या वृद्धवृद्धाहरूमा मात्रै होइन, तन्नेरी र प्रौढहरूमा पनि हुने गर्दछ।



तर धन्ना नमान्नुहोस्, तपाईँको हाडजोर्नीलाई स्वस्थ राख्ने तरिकाहरू पनि छन्ः
१. हिँडडुल गर्न नछोड्नुहोस्
“हिँडिराख्नुपर्छ! दुखेर तड्पिराको बेला हिँड्न नसकुम्ला जस्तो हुनु सामान्य हो, तर तपाईँ हिँड्न सक्दिनँ भनेर जति बस्नुहुन्छ, त्यति नै सताउने गर्छ।”, फिजिसियन डा. युसेफ हब्बाब भन्छन्- “एउटै ठाउँमा कुक्रुक्क परेर बस्नुहुँदैन। यदि कम्प्यूटरमा काम गर्दै हुनुहुन्छ भने पनि उठ्नुहोस्, कम्तीमा पनि १ घण्टामा एकचोटि उठेर यताउता गर्नुहोस्।”

२. सही व्यायाम

दौडने अनि एरोबिक्स गर्नेभन्दा पनि साइकल चलाउने, हिँड्ने जस्ता हलुका व्यायाम गर्नु हाडजोर्नीको लागि फाइदाजनक हुन्छ। त्यसलगायत तपाईँको मेरदण्डलाई सक्रिय बनाउने व्यायाम जस्तै योगा गर्दा पनि उचित हुन्छ।

३. तौललाई नियन्त्रणमा राख्नुहोस्
“तौल बढ्नु भनेको जोर्नीको लागि एकदमै नराम्रो कुरा हो, किनकी यसले जोर्नीमा बढि दबाब पार्दछ।”, पोषणविद् शोना विल्कन्सन भन्छिन्- “हरेक १ किलो तौल बढ्दा हाम्रो घुँडामा दोब्बर दबाब पर्दछ। त्यसैले थोरै मात्रै तौल घटाउन सक्यो भने पनि जोर्नीमा हलुका भएपनि राहत हुन्छ।”

४. जोर्नीलाई चिल्लो बनाइराख्नुहोस्
यदि तपाईँलाई हाडजोर्नी दुख्ने समस्या छ भने हाडजोर्नीलाई चिल्लो बनाइराख्नुपर्छ, सुक्खा हुन दिनुहुँदैन। माछामा पाइने ‘ओमेगा-३ फ्याटि एसिड’ले जोर्नीसम्बन्धी दुखाईलाई कम गर्नुको साथै त्यसलाई बिस्तारै निको पनि गराउँदै लैजान्छ। त्यसलगायत, गाईको घ्यू, माछाको तेलले पनि हाडजोर्नीको दुखाईलाई कम गराउँदछ।

५. एउटा खुट्टाले उभ्भिनुहोस्
शरीरलाई सन्तुलनमा राख्ने व्यायामलाई त्यति महत्व दिइँदैन, तर यो अति नै लाभदायी अभ्यास हो। सुरुमा आँखा खोलेरै एउटा खुट्टा उचाल्नुहोस् र बिस्तारै आँखा बन्द गर्नुहोस्, आफ्नो शरीरलाई सन्तुलनमा राख्ने कोशिस गर्नुहोस्। गाह्रो हुन्छ भने भित्ताको सहायता पनि लिन सक्नुहुन्छ। दुईवटै खुट्टालाई २-२ मिनेट जति यसरी दैनिक व्यायाम गर्नाले घुँडा र गोलीगाँठाका मांशपेसीलाई मजबुत बनाई शरीरलाई सन्तुलित राख्न मद्दत पुग्दछ।

६. दूग्धपदार्थबाट बच्नुहोस्
यदि तपाईँलाई बाथरोग जस्तै अन्य हाडजोर्नीको समस्या छ भने अत्याधिक दूग्धपदार्थको सेवन गर्नु उचित हुँदैन। किनभने दूग्ध पदार्थमा अत्याधिक मात्रामा क्याल्सियम हुन्छ र शरीरले यति धेरै क्याल्सियमलाई एकैचोटि पचाउन सक्दैन, जसको कारण हाडजोर्नी सुन्निने समस्या आउन सक्छ। बरु त्यसको सट्टा हलुका मात्रामा क्याल्सियम पाइने खानेकुराहरू जस्तै हरियो सागपात, जहु, गेडागुडी खानु हाडजोर्नीको लागि फाइदाजनक हुन्छ।

क्याल्सियमका श्रोतहरूः
हाडजोर्नी र दाँतलाई बलियो राख्नको लागि क्याल्सियमको जरुरत पर्दछ, जुन निम्न खानेकुराहरूमा पाइन्छः

ब्रोकाउली:- प्रति १०० ग्राममा ४७ मिलिग्राम क्याल्सियम
रायोको साग:- प्रति १०० ग्राममा ९९ मिलिग्राम क्याल्सियम
सिमी:- प्रति १०० ग्राममा ३७ मिलिग्राम क्याल्सियम
सुन्तला:- प्रति १०० ग्राममा ४० मिलिग्राम क्याल्सियम
बदाम:- प्रति १०० ग्राममा २६४ मिलिग्राम क्याल्सियम
केराउ:- प्रति १०० ग्राममा २५ मिलिग्राम क्याल्सियम
जौ:- प्रति १०० ग्राममा ८० मिलिग्राम क्याल्सियम
सोयाबिन:- प्रति १०० ग्राममा २७७ मिलिग्राम क्याल्सियम
गेडागुडि:- प्रति १०० ग्राममा ६६ मिलिग्राम क्याल्सियम
बन्दाजोबी:- प्रति १०० ग्राममा ४० मिलिग्राम क्याल्सियम
प्याँज:- प्रति १०० ग्राममा २३ मिलिग्राम क्याल्सियम
माछा:- प्रति १२० ग्राममा २० मिलिग्राम क्याल्सियम
अनार:- प्रति १०० ग्राममा १० मिलिग्राम क्याल्सियम
भिण्डी:- प्रति १०० ग्राममा ८२ मिलिग्राम क्याल्सियम
कुरिलो:- प्रति १०० ग्राममा २४ मिलिग्राम क्याल्सियम
आदि।

दिनमा कति क्याल्सियम आवश्यक पर्दछ?
१ देखि ३ वर्षका नवजात शिशुलाई प्रतिदिन ७०० मिलिग्राम
४ देखि ८ वर्षका बालबालिकालाई प्रतिदिन १०० मिलिग्राम
९ देखि १३ वर्षका बालबालिकालाई प्रतिदिन १३०० मिलिग्राम
१४ देखि १८ वर्षका किशोरकिशोरीलाई प्रतिदिन १३०० मिलिग्राम
१९ देखि ३० वर्षका युवायुवतीलाई प्रतिदिन १००० मिलिग्राम
३१ देखि ५० वर्षका प्रौढलाई प्रतिदिन १००० मिलिग्राम
५१ देखि ७० वर्षका वृद्धलाई प्रतिदिन १००० मिलिग्राम
५१ देखि ७० वर्षका वृद्धालाई प्रतिदिन १२०० मिलिग्राम
७१ देखि माथिका वृद्धवृद्धालाई प्रतिदिन १२०० मिलिग्राम
१४ देखि १८ वर्षका गर्भवती महिलालाई प्रतिदिन १३०० मिलिग्राम
१९ देखि ५० वर्षका गर्भवती महिलालाई प्रतिदिन १००० मिलिग्राम


दुध खानुको महत्वपूर्ण फाइदा



कुनै पनि स्तनधारी कुनैपनि स्तनधारी प्राणीका लागि दुध अतिनै आवश्यक पदार्थ हो ।अझ मानव जीवनका लागि त झनै महत्वपूर्ण पदार्थ हो । कुनै पनि शिशुका लागि जन्मेको ६ महिना सम्म उसको सम्पूर्ण खानेकुरा भनेकै दुध मात्र हो । अर्थात दुध बाहेक अरु चिज दिन सकिदैन वा हुदैन पनि । बच्चाको उमेर बढदै जाँदा विस्तारै आमाको दुध आउने र बच्चाले खानेक्रम घटदै जान्छ । त्यसको पूर्ति गाई , भैँसी, भेडा, बाख्रा लगायतका जनावरका दुधबाट पूर्ति गर्ने गरिन्छ । दुध ‘माइक्रो न्युट्रेन्ट’ हो , जसले शरीरको सम्पूर्ण बृद्धिविकासका लागि सहयोग पुर्याकउछ ।

दुधबाटै शरीरका लागि आवश्यक पर्ने प्रोटिन, कार्वोहाइट्रेड, फ्याट र मिनरल्स लगायतका तत्वहरु पाइन्छ । शरीरका लागि आवश्यक पदार्थ दुधबाटै पाइने हुनाले नियमित रुपमा दुध पिउने व्यक्ति शारीरिकरुपमा तन्दुरुस्थ र निरोगी हुन्छ । दुधमा पानीको मात्रा निकै बढी हुन्छ । त्यसैले साना बच्चाहरुलाई दुध खुवाएपछि छुट्टै पानी खुवाईदैन । किनकी दुधले पानीको काम पनि गर्छ । १०० ग्राम दुधमा ८७. ७ ग्राम पानी हुन्छ । ३.३ ग्राम प्रोटिन, ३.६ ग्राम लिपिड, ४.६ ग्राम कार्वोहाइट्रेड ०.२ ग्राम अर्गानिक एसिड र ०. ७ ग्राम मिनरल्स हुन्छ । दुधमा पाइने प्रोटिनले शरीरको वृत्तिविकासको लागि काम गर्छ । बोसो र कार्वोहाइट्रेडले शरीरलाई शक्ति प्रदान गर्छ । तुलनात्मक रुपमा गाईको भन्दा भैँसीको दुधमा कार्वोहाइट्रेड र बोसोको मात्रा बढी हुन्छ । तर कोलिस्ट्रोल र मिनरल्सको मात्रा गाईको दुधमा बढी पाइन्छ ।


के काम गर्छ ?
दुधले शरीरलाई शक्ति दिने काम गर्छ । शरीरका अंग तथा कोशहरुको बृद्धिविकास वा शरीर बढाउनमा मद्दत गर्छ । त्यस्तै पानीको मात्रा पनि बढाउछ ।दुधमा पाइने क्याल्सीयमले हड्डीको विकास गर्छ । आइरनले हेमोग्लोविनको अर्थात शरीरलाई चाहिने रातो पदार्थको काम गर्छ । फोस्पोरसले हडडीलाई चाहिने बस्तुको काम गर्छ । सोडियम पोटासियमले पानीको मात्रा मिलाउने काम गर्छ । त्यस्तै प्रत्येक कोषका लागि चाहिने लवणहरु पाइन्छ ।

कस्तो विरामीले दुध सेवन गर्नु हुदैन ?
सामान्यतया दुध खान नहुने भन्ने त्यस्तो रोग नै छैन । जुनसुकै रोगीले पनि ताजा दुध खानु स्वास्थ्यको लागि लाभदायक नै हुन्छ । तर कहिले काही दुध नखानु पनि राम्रो मानिन्छ ।

त्यो अवस्था कतिवेला आउछ भने जव हाम्रो शरीरमा ल्याक्टोजको मात्रा कमी भएर पखला लाग्छ । ल्याक्टोज भन्ने एक किसिमको सुगर जस्तै तत्व हुन्छ । त्यसले पाचनको काम गर्छ । जो मान्छेमा त्यो तत्वको कमी हुन्छ त्यस्ता व्यक्तिले दुधको सेवन गर्दा झनै पखला लाग्ने बढने सम्भावना हुन्छ । यसलाई चिकित्सक भाषामा ल्याक्टोज इन्टोरोलेन्स भन्ने गरेको छ । यो विशेष गरी बालक र बृद्धहरुमा देखा पर्छ । त्यसैले ल्याक्टोज इन्टोलोरेन्स हुदा खेरी भरीसक दुध नपिउनु राम्रो भन्ने गरिन्छ । अन्यथा जुनसुकै रोगका विरामीले दुध पिउनु सकिन्छ ।

चिकित्सा विज्ञानले बच्चालाई जन्मेको कम्तीमा छ महिना सम्म आमाको दुधमात्रै खुवाउनु पर्छ भनेको छ । त्यसपछि भने आवश्यकता अनुसार गाई भैसीको दुधहरु खुवाउन सकिन्छ । त्यो क्रमलाई जिवनभर निरन्तरता दिन सकिन्छ । पछिल्ला समयमा बजारमा पाइने प्याकेटवाला दुधमा पनि गाईभैसीकै दुधमा पाइने तत्व हुनुपर्ने हुन्छ तर कतिपय कम्पनीका दुधमा त्यस्तो तत्व नभएको भन्ने समेत सुनिएको छ । त्यसैले प्याकेट दुधको खरीदमा त्यसको प्याकेटमा लेखिएको तत्वहरुको समेत अध्ययन गर्नु जरुरी हुन्छ । दुधबाटै बन्ने दहीले समेत मानव स्वास्थ्यका लागि फाइदा जनक छ ।
दुधमा पाइने तत्वसंगै दहीमा ल्याक्टो बेक्टेरियास भन्ने तत्व हुन्छ । त्यसले इन्जाइमको काम गर्छ । त्यस्तै दुधबाट बन्ने पनिर तथा चीजले प्रोटिनको काम गर्छ । त्यसैले दुधमा हुने विभिनन पदार्थलाई आवश्यकता अनुसार विभिन्न परिकारमा परिवर्तन गरी फाईदा लिन सकिन्छ ।

नोटः यो सामग्री डा. भगवान कोइराला नामको फेसबुक पेजबाट लिइएको हो ।